हेलो नेपालको लाइसेन्स खारेजी
काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपाल को आधारभूत दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको अनुमतिपत्र (लाइसेन्स) फेरि खारेज भएको छ । गत असार भित्र लाइसेन्सको रोयल्टी बक्यौताको किस्ता बुझाउनुपर्ने भएपनि कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणको सम्पर्कमा नै गएको थिएन ।
पश्चिम नेपालका ग्रामीण भेगमा सेवा दिने अनुमति पाएको व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको कम्पनीले किस्ता नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । कम्पनीले करिब ३३ करोडको बक्यौता बुझाएको थिएन । प्राधिकरणले त्यसकै आधारमा कम्पनीलाई किन अनुमतिपत्र लाइसेन्स खारेज नगर्ने रु भनेर स्पष्टीकरण सोधेको थियो । मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले लाइसेन्सको रोयल्टी बक्यौताको किस्ता तिर्नुपर्छ ।
२०७६ साल पुस २१ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) खारेजी हुनबाट जोगिएको थियो । लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि २०७६ भदौ १३ मा नेपाल दूरसञ्चार प्राधिरकणले स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेजीको निर्णय गरेको थियो । मन्त्रालयले पुनरावेदनको सुनुवाइ गर्दै मन्त्रिपरिषदमा किस्ता वन्दीको बक्यौता तिर्न सुविधा दिने गरी प्रस्ताव लगेको थियो
प्रतिकृया दिनुहोस्