गुणस्तरहीन र जोखिमयुक्त भएको भन्दै मारुती सिमेन्ट प्रयोग नगर्न सरकारद्वारा आग्रह

गुणस्तरहीन र जोखिमयुक्त भएको भन्दै मारुती सिमेन्ट प्रयोग नगर्न सरकारद्वारा आग्रह

 

काठमाडौ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । बजारमा उपलब्ध मारुती सिमेन्ट गुुणस्तरहीन पाइएपछि सरकारले यसको प्रयोग नगर्न सर्वसाधारण र ठेकेदार कम्पनीहरुलाई आग्रह गर्दै यदि कसैले घर निर्माण वा अन्य प्रयोजनका लागि किनेको भए तत्काल फिर्ता गर्न सुझाएको छ ।
४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि गुणस्तर तथा नापतौल विभागले यसअघि निर्देशन दिए पनि मारुती सिमेन्टले बजारबाट आफ्नो सिमेन्ट उठाएको छैन ।
नेपाल गुणस्तर चिह्न प्राप्त भनी उपभोक्ता झुक्याउँदै गुुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने सो कम्पनीको सिमेन्टलाई नेपाल गुणस्तर ९प्रमाणपत्र चिह्न० ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याएको विभागले ल्याएको थियो ।
संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्ज्थ एमपीए ७ र २८ दिनको मान ३३ र ४३ हुनुुपर्नेमा क्रमशः ३१ र ३७ मात्रै देखिएपछि विभागले नेपाल गुणस्तर ५७२ बमोजिम नरहेको भन्दै गुुणस्तरहीनको ट्याग झुन्ड्याइदिएको थियो ।
सिरहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन गत १ मंसिरमै निर्देशन दिएको थियो । विभागले चित्तबुझ्दो जवाफ नदिए सो कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको छ ।
नेपाल गुुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको ओपीसी ४३ ग्रेडको बिक्री वितरण रोक्न र उपरोक्त व्याचको सम्पूूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन १५ दिनको निर्देशन दिएको थियो ।

लोकप्रिय