महाधिवेशन प्रतिनिधि भेषबहादुर कार्की भन्छन्‘यसपटक, एकपटक’ प्रकाशमान रोजौं
प्रजातन्त्रको पुर्नस्थापनामा ०३६ सालको जनमत संग्रह देखि निरन्तर संघर्षशील नेता भेषबहादुर कार्की २०४२ साल जेष्ठ १० गते नै सत्याग्रहमा स्वेच्छिक गिरफ्तारी दिएर जेल पर्नुभएको थियो । नेपाली कांग्रेसका सर्बोच्च कमाण्र गणेशमान सिंहले आह्वान गर्नुभएको ऐतिहासिक जनआन्दोलन २०४६ मा पनि जेल पर्नु भएका कार्की एक इमान्दार, अनुशासित र अनुभवी नेताका रुपमा सुपरिचित हुनुहुन्छ । उहाँ हालै भक्तपुर क्षेत्र नं. २ कांग्रेस सभापतिमा निर्वाचित हुनुभएको छ । उनै कार्कीसँग नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई कसरी हेर्नु नभएको छ ?
नेपाली काग्रेसको १४ औँ महाधिवेशन अत्यन्त उत्साहपूर्व रुपमा सम्पन्न हुन गईरहेको महसुस गरेको छु । विगतका महाधिवेशन भन्दा यो महाधिवेशन यसकारण पनि फरक छ कि, नौ लाख भन्दा बेसी कार्यकर्ताहरु प्रत्यक्ष संलग्न र क्रियाशिल भएर पठाएका प्रतिनिधिहरुले प्रत्यक्ष वा परोक्ष रुपमा सहभागिता भएकाले महत्वपूर्ण र अर्थपूर्ण महाधिवेनको रुपमा लिईएको छ । यस महाधिवेशनले पार्टीलाई जिवन्तता दिन्छ । नयाँ नेतृत्वले पार्टीका कार्यकर्ताहरुको उत्साहमा गुणस्तर वृद्धि गर्नेछ । आगामी दिनमा देशलाई नेपाली काग्रेसले एउटै मालामा उनेर शान्ति, स्थिरता र विकासमा अग्रगामी भूमीका खेल्छ भने पूर्ण विश्वास लिएको छ ।
कांग्रेस नेतृत्व यसपाला कसले हत्याउला ?
नेतृत्व कसले हत्याउँछ, व्यक्ति को सभापति हुन्छ, यो वा त्यो भन्ने महत्वपूर्ण होइन । महत्वपूर्ण त आउँदो नेतृत्वले नेपाली कांग्रेसको नेतृत्वबाट जनताले चाहेको शान्ति, स्थिरता र विकास पाउन सक्छन् कि सक्दैनन् ? कांग्रेससँ नेपाली जनताले अपेक्षा गरेका आकांक्षाहरु आधारभूत रुपमा प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने हो । निश्चय पनि खारिएर आएका कांग्रेस नेताहरुको नेतृत्वले आम नेपालीको भावनालाई सकारात्मक रुपमा सम्बोन गर्ने हुनुपर्छ, छर्छ । जनभावनालाई सम्बोधन र्ने नेतृत्व यसपाला स्थापित हुनुपर्छ, हुन्छ ।
संस्थापन पक्षबाट त पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा नै सभापतिको दाबेदार हुनुहुन्छ, संस्थापनइतर पक्षबाट चर्चामा रहनुभएका कोइराला, पौडेल र सिंहमध्ये कसलाई सभापतिको उम्मेदवार बनाउँदा उपर्युक्त होला ?
एक व्यक्ति अब एक कार्यकाल हुनुपर्छ । रामचन्द्र पौडेल र शेरवहादुर दुवैले काग्रेसको अभिभावकत्व ग्रहण गरेर, निर्देशकको रुपमा बस्न उपर्युक्त हुन्छ । उहाँहरु समआदर्णीय नेताहरु हुनुहुन्छ । रह्यो कोइराला बन्धुहरुमा शशाकले प्रकाशमानलाई सभापति मानिसक्नुभएको छ । डा. शेखर त २०६२÷६३ को आन्दोलन पूर्व राजनीति मै आउँदिन भन्नुभएको थियो । उहाँले पनि प्रकाशमान एकमात्र सभापतिका असली हकदार हुनुहुन्छ भन्नुभएको छ । प्रदेश १ मा मत नहालेर आफन्तलाई हराउनेहरुलाई कार्यकर्ताले मत दिदैनन् ।
देउवा त उम्मेदवार हुने घोषणा नै भईसक्यो विमलेन्द्र निधि पनि तातिरहनु भएको छ ?
सबैलाई जानकारी छ कि २०४६ पूर्व नै विमलेन्द्र ने.वि. संघको सभापति र प्रकाशमान काठमाडौ काग्रेस सभापति भएर आन्दोलन हाँक्ने नेता थिए । निधि र प्रकाशमान मिले भने पौडेल र कोइरालाहरु स्वतः आउनपर्छ । देउवाले यदि सभापति दोहो¥याउने कोशिस नगर्दा राम्रो । देउवाले दाहो¥याउन खोजे देउवाको विकल्प अब साझा उम्मेदवार प्रकाशमानलाई मानेर जानुको विकल्प छैन । अब हुने सभापति पनि प्रकाशमान सिह नै हो ।
भने पछि तपाईहरु प्रकाशमान मान्ने ?
हो, निश्चिय पनि । हाम्रो साथ, सहयोग यो अधिवेशनमा पूर्ण रुपमा प्रकाशमानलाई रहन्छ ।
भक्तपुरमा त देउवा प्यानलका सभापति हुन्, वहुमत प्रतिनिधी देउवा पक्षका भनिन्छ नि ?
भक्तपुरमा ६० देउवा विरोधी र ४० देउवा निकट प्रतिनिधि छन् । हामी सत् प्रतिशत देउवाका विपक्षी दल प्रतिनिधी ल्याउन कमरत गर्दा, विमलेन्द्र निधिका नाममा पद खानेहरुले भाँजो हाले । त्यस्तै रामचन्द्र एण्ड गगन थापा कम्पनी मानिएकाहरुले पनि भक्तपुरमा देउवा समर्थनमा पुगे । (वाग्मती तिर पौडेल–गगन मनहरा फर्केपछि देउवा) हुनेहरुले प्रतिनिधि धेरै नआउने वातावरण वनाएर तर पनि देउवाको विपक्षीमा भक्तपुरका आम कार्यकर्ताहरु देउवाको विपक्षमा रहेका छन् ।
भक्तपुर क्षेत्र नं. २ काग्रेस तपाईंको नेतृत्वमा छ । स्थानीय तहको निर्वाचन नजिकिईरहेको छ । भक्तपुरमा कांग्रेसको जित सुनिश्चित गर्ने तपाईसँग के कस्तो कार्यक्रमहरु छन् त ?
केन्द्रको महाधिवेशन भर्खर सुरु हुँदैछ । जिल्ला तहसम्म सकिए पनि कुनै गतिशिलता भने आएको छैन । अब छिट्टै बैठक गरी गत अधिवेशनमा अर्को वाटो गएका साथीहरुलाई पनि समेटेर चुस्त काँग्रेस बनाउँदै छौँ । विपक्षीसँग मुकाबिला गर्न चारतारा फहराउन र रुख झाँगिने सुगम वातावरण वनाउन छलफल बढाएका छौँ ।
भक्तपुर त कांग्रेसको लालकिल्ला होइन र ?
विगतमा कांग्रेस नेतृत्वको असक्षमताले काग्रेस नेतृत्वलाई भक्तपुरका जनताले घुर्की देखाएको बेलामा एमालेले काग्रेसको सिट खोस्यो । अब काँग्रेस एकजुट हुन्छौँ र लुटेर लगेको हाम्रो क्षेत्र खोसेर ल्याँउछौ ।
आगामी स्थानीय तहको निर्वाचनमा सबै काग्रेसहरुले कांग्रेसी उम्मेदवारको पक्षमा मत माग्ने वातावरण बनाउछौँ । आम मतदातामा काग्रेस नै देशको शान्ति, स्थिरता र विकासको सन्र्दभमा पक्ष विपक्षका जुन खेमामा भएपनि समष्टीमा हाम्रो चाहना सुदृढ र सुसंगठित काँग्रेस हो । हामी सबै एक हौँ, भन्ने विश्वास दिलाउछौँ । हरेक क्रियाशिल सदस्य हरेक क्षेत्रीय प्रतिनिधीहरु, नेता कार्यकर्ताहरुलाई समान र सम्मानजनक स्थान दिएर अगाडी बढ्छौ । जुन कदम राम्रोसँग चाल्न सक्यौँ भने आग्रह र पूर्वआग्रह पन्छाउन सफल भयौँ भने लालकिल्ला होइन भक्तपुर कांग्रेसमय बन्छ । हामी भक्तपुरलाई काग्रेसको जिल्ला भनेर संसारलाई चिनाउछौँ ।
प्रकाशमानले केन्द्रीय सभापति जित्नुहुन्छ भन्नेमा आशावादी हुनुहुन्छ ?
शंका कति पनि नलिनुस्, काग्रेसको शान हो प्रकाशमान ।
ओइलाएको काग्रेसको संजिवनी अर्थात ज्यान हो, प्रकाशमान ।
१४ औँ अधिवेशनको विचमा विजेता हुने नै नेता हो, प्रकाशमान ।
प्रतिकृया दिनुहोस्