एमसीसीविरुद्ध १० लाख हस्ताक्षर

एमसीसीविरुद्ध १० लाख हस्ताक्षर

 

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसीसी सम्झौताविरुद्ध संकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गर्दै संघर्षको चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले मंसिर २३ गतेदेखि २८ गते (आज)सम्म देशव्यापी रुपमा एमसीसी विरुद्धको हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको हो ।
‘राष्ट्रिय स्वाधिनताको रक्षार्थ सम्पुर्ण क्रान्तिकारी, देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरु एकजुट होऔ, राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौ ।’ भन्ने मुल नाराको साथ हस्ताक्षर संकलन गरेको समाजवादीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसविरुद्ध १० लाख जनाको हस्ताक्षर गरेर आफ्नो दलले ऐतिहासिक र युगान्तकारी कार्यक्रम गरेको बताए ।
उनले नेपाल सरकारले गर्न लागेको एमसीसी सम्झौता जनताको हितमा नभएको तर्क गरे । शासन र सत्ता गरिरहेका नेताहरुको कारण नेपाली जनताको टाउकोमा ठ्रलो बज्रपात देखिएको समेत उनले आरोप लगाए ।

लोकप्रिय