‘गोरखा स्ट्रङ’ बियरमा अखाद्य वस्तु भेटिएको भन्दै नपिउन आग्रह

‘गोरखा स्ट्रङ’ बियरमा अखाद्य वस्तु भेटिएको भन्दै नपिउन आग्रह

 

काठमाडौ । आम नेपाली टेलिभिजनका सञ्चालक तथा मिसन भण्डाफोरका टिम लिडर दीपेन्द्र ढकालले गोरखा ब्रुअरीले उत्पादन गर्ने बियर ‘गोरखा स्ट्रङ’ को बोटलमा अखाद्य वस्तु भेटिएको बताएको छ । उनले राजधानीमा एक पत्रकार सम्मेलन गरेर गोरखा ब्रुअरीले जनताको स्वास्थ्यमाथि ठूलो खेलबाड गरेको आरोप समेत लगाए ।
पत्रकार सम्मेलनमा ढकालले आफूहरुले गोरखा ब्रुअरीको लापरवाहीको बारेमा तयार पारेको समाचारलाई लिएर कम्पनीले आर्थिक प्रलोभन देखाएको तर आफूँ प्रलोभनमा नफसी जनस्वास्थ्यको पक्षमा रहेको बताए ।
कार्यक्रममा वितरण गरिएको विज्ञप्तीमा भनिएको छ,–‘नेपालमा वर्षेनि बियरको बजार हिस्सा २० देखि ३० प्रतिशत बढ्दै गएको छ । सरकारको गतिलो राजश्व आम्दानीगर्ने क्षेत्र पनि मदिराजन्य क्षेत्र हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्ब राजश्वबढि राजश्व उठाउने गरेको छ । यसरी बियर खपत बढ्नुको कारण युवा पुस्ताको बियरप्रतिबढ्दो आकर्षण हो । साथै, पर्यटक आगमनमाभएको वृद्धि मुख्यकारण रहेको जानकारहरु बताउँछन् ।’
ढकालले गोरखा ब्रुअरीले ५६ प्रतिशत बजार हिस्सा ओगटेको पनि तथ्यांक पेश गरे । र, ८१ देखि ९० लाख कार्टुन बियर उत्पादन गर्ने गोरखा ब्रुअरीले जनताको स्वास्थ्यमाथि खेलबाड गरेको दाबी गरे ।
उनले गोरखा ब्रअुरीले आफ्नो उत्पादनमा अखाद्य वस्तु मिसाउने जस्तो गलत हर्कत मात्रै नभएर यो भन्दापनि धेरै गल्ती गरेको कुरा मिडियामा आईरहेको सुनाए । उनले भने,‘तर, हामीले देखाउन खोजेको गोरखा ब्रुअरीको नयाँ कर्तुत भने होईन, नेपाली जनताको स्वास्थ्य माथि खेलबाड गर्ने अझै हौसला बढ्दै गएको छ, कहिले न्यायालयका न्यायमुर्ती किन्छ त कहिले कार्यालयका कर्मचारी, कहिले जनप्रतिनिधि त कहिले सांसद तथा मन्त्री नै किन्छ, बिक्नेहरु नै बिक्छन् त किन्नेको हौसला नबढेर के बढोस त ?
अब हामी त्यसो हुन दिँदैनौं, नेपाली जनताको स्वास्थ्य माथि खेलबाड गर्ने उत्पादन कम्पनी बन्द गराएरै छोड्छौं । यो हाम्रो प्रतिबद्धता र संकल्प हो ।’ गोरखा ब्रुअरीको कारण उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि आचार्य र नरबहादुर शाहील जागिरबाट हात धुनु परेको पनि उनले स्मरण गराए । गोरखा ब्रुअरीले आयकर र मूल्य अभिवृद्धि समेत ली गरेको कुरा प्रमाणित भैसकेको उनको भनाई छ ।
उनले कहिले बियरमा जौको मात्रा ५० प्रतिशत राख्नुपर्नेमा गोरखा ब्रअुरीले कनिका राखेर बियर बनाउने गरेको पाईएको स्मरण गराउँदै अहिले भने आफ्नो उत्पादन ‘गोरखा स्ट्रङ’ बियरको बोटलमा अखाद्य वस्तु ‘प्लास्टिक’ भेटिएको भिडिओसमेत सार्वजनिक गरेका छन् ।
उनले बाराको निजगढमा रहेको शुभम् गेष्ट हाउस एण्ड होटलमा उक्त बियरमा अखाद्य वस्तु भेटिएको र सो बारे ब्रुअरीको मधेश प्रमुखमा रहेको कार्यालय प्रमुखलाई जानकारी गराईएको स्मरण गराए । उनले भने,–‘हामीले त ब्रुअरीको हेड अफिसमा पनि फोन गरेका थियौं, तर रेस्पोण्ड भएन । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता कम्पनीलाई कारबाही गर्नुपर्छ । यो त धेरै लापरवाही भयो । हामीले अब आईन्दा जनताको स्वास्थ्य प्रति खेलबाड नहोस भनेर नै यो विषयमा आम जनता सामू भण्डाफोर गरेका हौं, हामी नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने बियर उत्पादक कम्पनी बन्द गराएर नै छोड्ने छैनौं । हामी यो मुद्दा लिएर सर्वोच्च अदालत पनि जानेछौं । विज्ञापनको प्रलोभन पनि दिईयो । हामी आज पत्रकार सम्मेलन मात्रै गरेर चुप लागेर बस्दैनौं । निरन्तर फलोअप गरिरहन्छौं ।’

लोकप्रिय