हामीले कमल थापालाई राप्रपामै सक्रिय भुमिका निर्वाह गर्न आग्रह गरेका छौ

हामीले कमल थापालाई राप्रपामै सक्रिय भुमिका निर्वाह गर्न आग्रह गरेका छौ

प्रविण कुमार थोकर तामाङ

सहायक प्रवक्ता, राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुकको राष्ट्रिय राजनीतिलाई यहाँले कसरी लिनु भएको छ ?
मुलुकको राष्ट्रिय राजनीति, गतिहिन, दिशाहिन तरिकाबाट अगाडि बढि रहेको छ । कहाँ पुग्ने गन्तव्यविहिन तरिकाबाट देशको हरेक क्षेत्र अघि बढिरहेको छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यो देशको लागि अहिलेसम्मको सरकार संचालन तौरतरिकाबाट अफापसिद्ध हुदै गइरहेको छ । भ्रष्टाचार नाङ्गो रुपमा भइरहेको छ । दिनानुदिन नेपाली जनता परनिरभर हुँदै विदेशिन बाध्य भएका छन् । स्वदेशमा उद्योग कलकारखाना खोल्नको लागि यो सरकारले कुनै तम्तयार गरेको देखिदैन । खाद्यन्न देखि दैनिक उपभोग्य सामाग्रीहरु मित्र राष्ट्र भारत, चीन र अन्य मुलुकबाट आयात गरिरहनु पर्ने अवस्था छ । आज नेपालको अर्वर जमिनहरु बाँझो बनिरहेको छ । संघीयताकै कारणले असाधरण खर्च खेर गइरहेको छ । स्थानीय सरकार देखि प्रदिशिक संघीय सरकारहरुमा गाडी मोटर साइकल तलब भत्ता दिनु पर्ने कारणले असाधारण खर्च बढेर गएको छ । ठूल्ठूला भ्रष्टाचारको काण्डमा, मुद्धाहरु केपी सरकार र देउवा सरकारले उन्मुक्ति दिँदै आइरहेको छ । भ्रष्टाचारीहरु अपराधीहरु समाजमा दण्डहीनताको कारणले थप भ्रष्टाचार गर्नका लागि तम्तयार भएर बसेको अवस्था छ ।

हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले जनतालाई के सन्देश दिएको छ ?
भर्खर राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक एकता महाधिवेशन सम्पन्न भएको छ । अत्यन्त प्रजातान्त्रिक विधि पद्धती अनुसार सम्पन्न भएको छ । अत्यन्त प्रजातान्त्रिक विधि पद्धती अनुसार नेतृत्व चयन भएको छ । मुलुकमा क्रियाशिल राजनीतिक दलहरु मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समावेशी, प्रजातान्त्रिक पार्टीको रुपमा स्थापना र सबै जाताजात धर्म संस्कृति, रितिरिवाज, परम्परा प्रति आस्थावानहरुलाई पार्टीभित्र विधि प्रकृया र स्थान सुनिश्चित छ भन्ने सन्देश राप्रपा महाधिवेशनले दिएको छ ।

मुलुकमा क्रियाशिल राजनीतिक दलहरु मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समावेशी, प्रजातान्त्रिक पार्टीको रुपमा स्थापना र सबै जाताजात धर्म संस्कृति, रितिरिवाज, परम्परा प्रति आस्थावानहरुलाई पार्टीभित्र विधि प्रकृया र स्थान सुनिश्चित छ भन्ने सन्देश राप्रपा महाधिवेशनले दिएको छ ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेनले पाएको जिम्मेवारी पूरा गर्न सक्नु होला ?
अवश्य, नेपाल र नेपाली जनता र पार्टी हितको लागि हामीले आशा गरेको भन्दा बढी राजेन्द्र लिङदेनले जिम्मेवारी पुरा गर्नु हुनेछ भन्ने मैले आशा भरोसा गरेको छु ।

कमल थापा राप्रपाबाट अलग भए नी यसलाई तपाईहरुले कसरी लिनु भएको छ ?
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाको सदस्य नरहने गरी पार्टी छोड्ने घोषणा गरेको सुन्नमा आएको छ, यो अप्रत्याशित घटनाले हामी सबैलाई दुःखी बनाएको छ, राप्रपाको स्थापना कालदेखि विभिन्न पदहरुमा बस्दै १५ वर्ष राप्रपाको अध्यक्ष समेत भइसकेको र यही राप्रपाको नामबाट पटक पटक मन्त्री उप प्रधानमन्त्री समेत भइसकेको व्यक्तिले अप्रत्याशित रुपमा यस्तो निर्णय गरेको सुन्दा अत्यन्तै दुःख मनाउ लागेको छ, त्यसैले उपत्यकामा उपलब्ध पदाधिकारीहरुको बैठकले यो निर्णय फिर्ता लिन फेरि पनि राप्रपामै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ, मलाई आशा छ उहाँले पुनः राप्रपामै सक्रिय राजनीति गर्नु हुनेछ ।

वर्तमान सत्ता गठबन्धन र एमालेलाई कसरी मुल्याङकन गर्नु हुन्छ ?
वर्तमान सत्ता गठबन्धन सत्ता शक्ति पैसा प्राप्त गर्नका लागि जस्तो सुकै कार्यहरु गर्न पनि तम्तयार रहेको देखिन्छ । जनजिविकाको मुद्धालाई कुनै वास्ता गरेको देखिदैन । न्यायलय सत्ता गठबन्धन कै प्रभाव छ । व्यवस्थापिका संसद अनिर्णयको वन्दी बनिरहेको छ । यो सबै दोषको भागिदार सत्ता गठबन्धन र एमालेलाई नै जान्छ । सत्ता गठबन्धन सत्ताको लागि मात्र लागेको देखिन्छ भने एमालेले पनि प्रमुख प्रतिपक्षको धर्म ननिभाएर संसद अवरुद्ध गरिरहेको छ । यसले के देखाउछ भने सत्ता गठबन्धन र एमालेको विकल्प जनताले खोजेको अवस्था छ । भर्खर सम्पन्न एमालेको महाधिवेशनबाट प्रजातन्त्र विधी प्रकृयालाई मिचेर एकदलीय तानाशाही उन्मुख एमाले देखिन्छ । सरसर्ती हेर्दा जनताले यतिवेला विकल्प खोज्नु स्वभाविक हो ।

मुलुकको लागि कस्तो खालको साकार आवश्यक छ ?
२०४६ सालदेखि अहिलेसम्म बनेका सरकारले पूर्ण कार्यकाल सरकार संचालन गर्न पाएका छैनन् । देशी विदेशी शक्ति केन्द्रहरुको चलखेलका कारणले पूर्ण कार्यकाल सरकार संचालन गर्न नदिएको स्थिति देखिन्छ । त्यसैले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री मुलुकको लागि आवश्यक छ ।

सत्ता गठबन्धन सत्ताको लागि मात्र लागेको देखिन्छ भने एमालेले पनि प्रमुख प्रतिपक्षको धर्म ननिभाएर संसद अवरुद्ध गरिरहेको छ । यसले के देखाउछ भने सत्ता गठबन्धन र एमालेको विकल्प जनताले खोजेको अवस्था छ । भर्खर सम्पन्न एमालेको महाधिवेशनबाट प्रजातन्त्र विधी प्रकृयालाई मिचेर एकदलीय तानाशाही उन्मुख एमाले देखिन्छ । सरसर्ती हेर्दा जनताले यतिवेला विकल्प खोज्नु स्वभाविक हो ।

 

अमेरिकी सहयोग नियोग मिनेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारेमा तपाईको दृष्टिकोण बताइ दिनुस् न ?
एमसिसीबारे मेरो अध्ययन, चिन्तन मनन् अनुसार नेपाल र नेपाली जनताको हितमा छैनन् । जहाँ सम्म त्यस सम्बन्धी विज्ञहरु सरोकारवाला निकायहरुमा पक्ष विपक्षीमा रहेकाहरुले टिका टिप्पणीबाट पनि के स्पष्ट छ भने एमसिसी नेपालीको हितमा छैन । साथै एमसिसी सम्झौतामा उल्लेखित विभिन्न बुँदाहरुले पनि नेपाल र नेपाली जनताको अहितमा छ भन्ने थप स्पष्ट पारेको छ ।

आगामी स्थानीय तहको निर्वाचनकोे राष्ट्रिय प्रजातन्त्र पार्टीले के कस्तो तयारी गरिरहेको छ ?
राप्रपाको पहिलो बैठकबाट नवनिर्वाचित महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निर्वाचन परिचालन समिति बनाई सकेको छ । त्यस समितिले ७५३ गाउँपालिका, नगरपालिकाहरु र ६ हजार ७४३ वडाहरुमा कार्यालय उद्घाटन गर्ने, प्रशिक्षण कार्यक्रम संचालन गर्ने, विस्तारित बैठकहरु गर्ने, घरदैलो कार्यक्रमहरु गर्ने लगायतका कार्यक्रमहरु सो समितिको सक्रियतामा संचालन भइरहेका छन् । यो क्रम तीव्र गतिमा, अघि बढ्ने छ ।

अन्तमा देशवासीलाई यहाँको सन्देश दिनुस् न ?
सुशासन, विधि प्रव्रिmया स्थापना गर्नका लागि राष्ट्र राष्ट्रियतालाई बलियो बनाउनका लागी स्वाधीन अखण्ड नेपाल राखि राख्नका लागि धर्म संस्कृति परम्परा बचाई राख्नका लागि र हिन्दु राष्ट्र भित्र हिन्दु, बौद्ध, कराँत, मुस्लिम र व्रिmस्चियनलगायत अन्य धर्मावलम्बीहरुको संरक्षण र सम्बद्धन गर्नका लागि पूर्ण धार्मिक स्वस्वतन्त्रता सहितको र राजासहित को प्रजातन्त्र पुनस्थापनाको लागि सबै नेपाली जनतामा राप्रपाको झण्डामा एकताबद्ध हुन आव्हान गर्दछु ।

लोकप्रिय