खेमराज खत्री
प्रमुख मालमोत अधिकृत, टोखा सस्वती मालमोत कार्यालय
२०४६ सालमा मुखियाबाट सरकारी सेवामा प्रवेश गर्नुभएका खेमराज खत्री यतिबेला टोखा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत हुनुहुन्छ । खत्रीले आफ्नो जागिरे जीवनको क्रममा देशको विभिन्न कार्यालयमा काम गरेको अनुभव उहाँसँग रहेको छ । २०२७ सालमा कञ्चनपुरको महेन्द्रनगरमा जन्मनुभएका खत्री दार्चुला, चितवन, जाजरकोट, बैतडी, डढेल्धुरा, कञ्चनपुर, कैलालीलगायत जिल्लाका विभिन्न कार्यालयहरुमा रही जनसेवामा खट्नु भएको छ ।
जागीरको सलिसिलामा लामो समय बाहिर रहेर २०७० सालमा मात्र संघीय राजधानी काठमाडौंमा सरुवा हुने अवसर जुटेको थियो । २०७० सालमा कम्पनी रजिष्टारको कार्यालयमा कार्यालयमा ४ वर्ष विताउनुभयो । सो कार्यालयपश्चात उहाँलाई प्रदेश नं. ७ को प्रदेश प्रमुखको कार्यालयमा खटाइयो, त्यहाँबाट पुनः बाँके सरुवा भयो । जनताको सेवामा अनवरत रुपमा खटिईरहनु भएका खत्री नेपाल सरकारको उपसचिव पदमा कार्यरत हुनुहुन्छ । उपसचिवमा बढुवा भएसँगै मालपोत कार्यालय महेन्द्रनगरका प्रमुख मालपोत अधिकृत भई सेवा गर्ने अवसर जुट्यो । त्यहाँ उहाँले १७ महिना सेवा गर्नुभयो ।
सरकारले २०७८ कार्तिक ८ गते उहाँलाई मालपोत कार्यालय टोखाको प्रमुख मालपोत अधिकृतको जिम्मेवारी दिएको छ । जनताको कामलाई छिटो, छरितो र पारदर्शी तरिकाले सम्पन्न गर्न सँधै चिन्तन गर्ने खत्री यतिबेला उक्त मालपोत कार्यालयमा सुधारका बहार ल्याउने महत्वकांक्षासहित अगाडि बढ्नुभएको छ । उनै खत्रीसँग टोखा मालपोत कार्यालयमा भए गरेका गतिविधिमा केन्द्रित रहेर गरिएको छोटो कुराकानी :
तपाई यस कार्यालयमा प्रमुख मालपोत अधिकृत भएर आएपछि कार्यालय सुधारका लागि के के काम गर्नुभयो ?
म यस कार्यालयको प्रमुख भएर आएको ३ महिना जति भयो । यति थोरै समयमा केही गर्न सक्ने अवस्था त भएन । तर, मैले शुरुकै दिनदेखि आफ्नो सकारात्मक सुधारका लागि कार्यहरु गरिरहेको छु । भाडामा बसिरहेको हाम्रो कार्यालय, कार्यालयको जस्तो अवस्थामासमेत थिएन । सोही कारण कार्यालयको डेकोरेसन सेवामैत्री बनाउन काम शुरु गरेँ । जसअनुसार कार्यालयको छुट्टै गेटसहितको कम्पाउण्ड बनायौं । घाम चर्किँदा र पानी पर्दा समेत सेवाग्राहीहरु बाहिरै बस्नुपर्ने अवस्था थियो । त्यसका लागि टहरा र बस्ने बेञ्चको व्यवस्था ग¥यौं ।
त्यसैगरी कार्यालयको भित्री व्यवस्थापनमा पनि थुप्रै कमी कमजोरी रहेका छन् । सेवाग्राहीहरु कहिले तल त कहिले माथि हिड्नुपर्ने भएकोले त्यस्ता समस्यालाई समेत हल गर्ने गरी नयाँ लेआउट परिवर्तन गरी वान डोर सिस्टममार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । अहिले मुद्दाको काम बाहेक जग्गा पासको काम एकै ठाउँबाट हुने गर्दछ । यसले सेवाग्राहीहरुमा एक लेबलको सास्ती हटेको छ ।
अर्को कुरा जग्गा प्रशासन आम नागरिकको आँखामा गिरेको देखिन्छ । नापी, मालपोतलगायतका जग्गा प्रशासनहरु भ्रष्टाचारको अखडाको रुपमा चिनिने गरेको छ । यसलाई चिर्नका लागि मैले कार्यालयका सबै साथीहरुलाई बोलाएर छलफल गरी हामी आफैंले आफ्नो मूल्यांकन ग¥यौं । जसबाट यस कार्यालयले शिष्ट ढँगले सेवाग्राहीप्रति उत्तरदायी भई सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं । अहिले हामी आफ्नो व्यवहारमा परिवर्तन गरी सेवाग्राहीको काम कारबाहीलाई कसरी छिटो, छरितो र पारदर्शी बनाउन सकिन्छ भनेर फोकस गरी काम गरिरहेका छौं । हामीसँग आएका सेवाग्राहीलाई सन्तुष्ट बनाउने हाम्रो परम् कर्तव्य पनि हो ।
कार्यालय व्यवस्थापनमा खर्च कसरी व्यवस्थापन गर्नुभयो ?
हाम्रो कार्यालयको बजेट अति कम छ । हाम्रो मन्त्रालय नै धेरै बजेट भएको मन्त्रालय भित्र पर्दैन । जग्गा प्रशासन सम्बन्धी अधिराज्यभर १ सय ३६ वटा कार्यालयहरु सञ्चालनमा छन् । त्यसैले हाम्रो विभागिय बजेटले कार्यालय सञ्चालनमा हम्मे हम्मे पर्ने गर्दछ । हाम्रो कार्यालयबाट संकलन भएको राजस्व मध्ये ६० प्रतिशत पालिका र ४० प्रतिशत प्रदेश सरकारलाई पठाउने गर्दछौं । विभागले पनि हामीलाई पालिकासँग सहकार्य गर्नुहोस् भनेर निर्देशन दिएको छ । सोही कारण हामीले पालिकाहरुसँग आवश्यकता अनुसारको बजेटिङ्ग गरेर रकम माग गर्दछौं । हाम्रो माग अनुसार मालपोत कार्यलयका क्षेत्र भित्र पर्ने स्थानीय तहहरुले बजेट उपलब्ध गराउने गर्दछन । केही सयम अगाडि मात्र हामीलाई काठमाडौं टोखा नगरपालिकाले १० लाख रुपैँया दिएको थियो । तयसैबाट कार्यालय सुधारका काम भएको छ । पालिकाहरुले सहयोग नगरे हामीलाई विभागिय बजेटले मात्र खर्च व्यवस्थापन हुन सक्दैन । यसका लागि पहल गर्ने काम पनि गरिरहेका छौं ।
मालपोत कार्यालय भन्ने वित्तिकै सेवाग्राहीहरुको हेर्ने दृष्टिकोणमा फरकपन रहेको देखिन्छ, तपाईले चाहीं कस्तो महसुस गर्नुभएको छ ?
मालपोत भन्ने वित्तिकै सबैभन्दा धनी अड्डाको रुपमा हेर्ने गरिन्छ । मालपोतमा जग्गा जमिन सम्बन्धी काम गर्ने राणाकाल देखि नै चलिआएको अड्डा हो । यहाँ ठुला ठुला रकमको चलखेल हुन्छ भन्ने आम मानिस र सेवाग्राहीमा बुझाई र भ्रमसमेत रहेको छ । तर, अहिले त्यो अवस्था छैन । हामीले सेवाग्राहीको काम कारबाहीलाई सूचना प्रविधिमैत्री बनाएको छौँ । पछिल्लो समय जग्गा प्रशासनको काममा सुधारोन्मुख हुँदै आएको छ । यसको परिणाम अहिले नदेखिए पनि कालान्तरमा देखिने नै छ ।
यस मालपोत कार्यालयमा श्रेस्ता र धड्डाहरु नभेटिएको गुनासोहरु बेस्सरी बाहिर आईरहेका छन् नि ?
यो मालपोत कार्यालयको रोग नै हो । अहिले हामी अनलाइन सेवामा वामे सरिरहेका छौं । पूर्ण प्रविधिमैत्री सेवा दिन अझै केही समय लाग्नेछ ।
डिल्लीबजारबाट सरेर आएको भएर धड्डा नभेटिने समस्या बढी छ भनिन्छ, वास्तबिकता के हो ?
यो काठमाडौंको सबैभन्दा कान्छो मालपोत कार्यालय हो । मूल कार्यालय डिल्लीबजार भएकोले केही कागजातहरु हराएका होलान् तर त्यतिधेरै हराएको मेरो जानकारीमा भने छैन । म आएपछि अहिलेसम्म कागजात हराएको गुनासो म सँग आएको छैन । अन्यन्त्र मालपोत कार्यालयमा भने यस्तो समस्या धेरै नै देखिको गुनासो हामीले पनि सुनेका छौं । अहिले मालपोत कार्यालयले प्रविधिमैत्री सेवा प्रदान गरिरहेको अवस्थामा केही कुरा इन्ट्री गर्न छुटेका होलान् धेरै कुरालाई हामीले कम्युटरराइज गरेका छौं ।
मालपोत कार्यालयहरुमा विचौलियाको विगबिगी छ भनिन्छ, बास्तबिकता के हो नि ?
मालपोत कार्यालयहरुमा बिचौलिया रहित हुन्छ भन्ने त भन्न सकिदैन । तर म आएपछि विचौलियालाई निषेध गरेको छु । कार्यालयभित्र कर्मचारीबाहेक कसैलाई प्रवेश गर्न दिइएको छैन । टोखा मालपोत कार्यालयले जो कोहीलाई पनि समान रुपमा सेवा प्रदान गर्दै हुँदै आएको छ ।
दैनिक अहिले यस मालपोत कार्यालयबाट कति रजिष्टेशन पास हुने गर्दछ ?
दैनिक अहिले १५÷२० वटा मात्र रजिष्टेशन पास हुने गर्दछ । यति नै हुन्छ भन्ने अवस्था छैन । बैंक तथा बित्तीय संस्थाहरुले जग्गा खरिदको लागि ऋण लगानी कम गर्दा पनि समस्या आएको छ । जग्ग कित्ताकाटमा सरकारले रोक लगाएको कारण पनि जग्गा प्रशासनको काममा सुस्तता आएको छ ।
अन्त्यमा, सेवाग्राहीहरुलाई के भन्न चाहानुहुन्छ ?
मालपोत कार्यालय भन्ने बितिक्कै सेवाग्राहीहरु अलि नेगेटिभ धारणा बनाएर छिरेका हुन्छन् । सेवाग्राहीहरुलाई कसरी पोजेटिभ बनाएर पठाउन सकिन्छ त्या नै हामी र कार्यालयको लागि ठुलो च्यालेन्जको विषय हो । त्यो सफलता प्राप्त गर्नका लागि मेरो टिम नै पुरै लागेको छ । यस कार्यालयमा विभिन्न क्याटागोरीका मानिसहरु सेवा लिन आउनुहुन्छ । खासगरी यहाँ आउने सेवाग्राही भीआईजी सेवाग्राहीहरुलाई तुरुन्तै सेवा चाहिन्छ । म उहाँहरुलाई पनि विनम्रताका साथ आग्रह गर्दछु कि कर्मचारीलाई प्रेसर नदिनुहोस्, लाइनमा बसेर सेवा लिनुहोस् । हामीले सेवा दिदां भावभावरहित ढंगले दिनुपर्छ । यो हाम्रो कतव्र्य पनि हो ।
Post Views: 1,606
प्रतिकृया दिनुहोस्