मन्त्रीको आडमा बालकको चुरीफुरी

मन्त्रीको आडमा बालकको चुरीफुरी

 

जनकपुर । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यादेशलाई चटक्कै बिर्सिएर समिति कार्यान्वयन इकाइ जनकपुर कार्यालयका प्रमुख एवंम् उपसचिव रामबालक यादवले आफ्नो पदीय मर्यादा बिपरित वनमन्त्री रामसहाय प्रसाद यादवका निजी सचिव बनेर काम गर्दै आएका छ ।
कार्यअनुभव र पदीय हिसावले उनी भन्दा मन्त्रालयमा सिनियर उपसचिवहरु धेरै छन । ती सवैलाई पछाडि धकेल्दै पावरकै भरमा उनी ०७८ कात्तिकमा उपसचिवमा बढुवा हुन सफल भए । वनमन्त्री यादबकै चाहना बमोजिम समिति कार्यान्वयन इकाइ जनकपुरको कार्यालय प्रमुख पडकाउन सफल भएको बताइन्छ । तर अहिले कार्यालय प्रमुखको जिम्मेवारी पुरा गर्नेतिर भन्दा पनि मन्त्रीको निजी सचिवमा बढी रमाएको आरोप उनीमाथि लाग्दै आएको छ ।
मौखिक रुपमा कार्यालयको कामकाज र निमित्तको जिम्मेवारी सहायक भू–संरक्षण अधिकृत काशीराम यादवलाई दिएर उनी मन्त्री यादवकोे अघि पछि गर्दै रमाउने गरेको बताइएको छ ।
मन्त्रालयस्रोतले दिएको जानकारीअनुसार उनै यादब अहिले मन्त्रीलाई मैले जे भन्यो त्यही हुन्छ र मन्त्रालय चलाउने मैले नै हो भन्दै हिँडने गरेका छन । यसमा मन्त्री यादवको सहयोग र साथसमेत उनलाई मिलेकोले कार्यालय मार्फत हुने प्रशासननिक र विकास निर्माण्का कामहरु लथालिंग हुन पुगेको स्रोतले बताएको छ ।
वनमन्त्री यादवको नातामा दाजुभाई पर्ने भएकै कारण मन्त्रालयका वरिष्ठ र सिनियर उपसचिवलाई पन्छाएर कनिष्ठ उपसचिव बालकलाई छ जिल्ला हेर्ने गरी उक्त कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको हो । उनी अहिले नियमित कार्यालयको कामकाज सञ्चालन गरेर बस्नुको साटो मन्त्री यादवको निजी सचिवको भुमिकामा सिंहदरबारमा रमाउने गरेका छन ।
कार्यालयकोे दैनिक कामकाज र स्वीकृत गर्नुपर्ने फाइल काठमाडौंमा झिकाउने गरेको बताइएको छ । मन्त्रालयबाटै मौखिक र लिखित आदेश र निर्देशन दिने गरेको जनकपुर कार्यालय निकटस्रोत बताउँछ ।
मन्त्रीकै यादवकै आडमा रामबालकले वन तथा वातावरण सचिव डा. पेमनारायण कंडेल, वन तथा भू–संरक्षण विभागका महानिर्देशक मन बहादुर खडका र राष्ट्रपति चुरे–तराई मधेश संरक्षण बिकास समितिका सदस्य सचिव डा. महेश्वर ढकालको निर्देशनलाईसमेत अटेर गर्ने गरेको बताइएको छ ।
उनी कार्यालय प्रमुख नियुक्त भएको दिनदेखि अहिलेसम्म १५ दिनजति पनि कार्यालयको काममा संलग्न नभएको जानकारस्रोत बताउँछ । कार्यालय प्रमुख नै कार्यालय नआउँदा दैनिक कामकाजबाहेक अन्य गतिबिधिहरु र विकास निमार्ण सम्पन्न भएर दिनुपर्ने भुक्तानीसमेत हुन नसकेको आरोप समिति सदस्यले लगाएका छन ।
कार्यालय प्रमुख बालक हप्ताको अन्तिम शुक्रबार प्लेनमा जनकपुर जाने र आइतबार बिहान वन मन्त्रीको निजी सचिवको जिम्मेवारी पूरा गर्न काठमाडौं दौड्ने गरेको समचारस्रोतको दावी छ ।
कार्यालय प्रमुख नै गैर जिम्मेवार बनेपछि निमित्तको जिम्मेवारी पाएका काशीरामले कार्यालय प्रमुख रामबालकसँग उल्टै मिलेमतो गरी टुक्रे उपभोक्ता समिति गठन गर्ने र खोलामा तार जाली लगाउने नाममा नाम मात्रको वृक्षरोपण गरेको नाटक गरी व्यापक रुपमा सरकारी रकम हिनामिना गर्ने गरेका छन ।
यो कुराको पुष्टि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयको नाममा पटक–पटक काटेको पत्रले समेत पुष्टि गर्दछ ।
कार्यालयको निमित्त प्रमुखको मौखिक जिम्मेवारी यादवले आफ्नो कमाउ धन्दामा साथ नदिएकै कारण कार्यालय स्थापनाकाल देखि कार्यरत इन्जिनियर काशिराम शाह, सब–इन्जिनियर लालबाबु ठाकुर तथा ड्राइभर गंगा श्रेष्ठसमेतको करार थप गर्न इन्कार गर्दै आएको बताइन्छ ।
निमित्त कार्यालय प्रमुख यादवले स्थायी दरबन्दी भएका सब–इन्जिनियर रामेश्वर शाहलाई जिम्मेवारी नदिएर आफनो सहोदर दाइ महावीर यादव र नातामा भाइ पर्ने आशिष कुमार यादवलाई ०७८ मंसिर २० गतेदेखि सब–इन्जिनियर पदमा करारमा नियुक्ति गरेको बताइएको छ ।
यस्तै कार्यालय प्रमुख रामबालक पनि नातामा भतिज पर्ने धिरेन्द्र कुमार यादवलाई समेत गत मंसिर देखि नै लागू हुने गरी विज्ञको रुपमा नियुक्त गरेको समाचारस्रोत बताउँछ ।

लोकप्रिय