मुक्तिनाथविकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सिसिटिभी प्रदान
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसारबैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु लागि सहयोग गरेको छ ।
बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान
सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रमबीच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग, मार्केटिंङ प्रमुख श्री बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्धक प्रवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षार मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
प्रतिकृया दिनुहोस्