इन्टरनेशनल म्याथमेटिकल ओलम्पिक–२०२५मा नेपाललाई ऐतिहासिक सफलता
काठमाडौ । अस्ट्रेलियाको सनसाईन कोस्टमा यही जुलाई १० देखि जुलाई २० सम्म सम्पन्न भएको ६६ औँ इन्टरनेशनल म्याथमेटिकल ओलम्पिक–२०२५ मा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ।
कार्यक्रममा नेपाल सहित ११२ मुलुकका युवा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए। सहभागि नेपाली विद्यार्थीहरुमा काठमाडौंका श्रेयस सर्शा बास्तोला, बाराका द्रोण चौधरी, बर्दियाका आयुुस ठगुन्ना, मोरङका नमन महेश्वरी, ललितपुरका आयाम आचार्य र धनुषाका आसिस मिश्र रहेका छन्। जसमा बास्तोलाले ऐतिहासिक रेकर्ड राख्दै नेपाललाई पहिलो ऐतिहासिक व्रोन्ज मेडल दिलाएका छन् ।
यसअघि स्वीकृती आचार्यको १६ अंकको रेकर्ड तोड्दै शर्माले २० अंकको रेकर्ड सहित व्रोन्ज मेडल जिताएका हुन्। साथै अर्का प्रतियोगी आयाम आचार्यले अनरेबल मेन्सन जितेका छन् । साथै अन्य प्रतिस्पर्धी सबैजनाले उल्लेखनीय अंक प्राप्त गरेका कन्ट्री लिडर तथा म्यान महासचिव छबि ढुङ्गानाले जानकारी गराएका छन् ।
२०१७ को ब्राजिल ओलम्पीयाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालले सहभागीताको नौं वर्षमा यो उपलब्धि प्राप्त गर्न सफल भएको हो ।
करिब २००० बढी प्रतिस्पर्धी विद्यार्थीहरुबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६० घण्टा बढीको भौतिक तालिम मार्फत अधिराज्य भएबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरु छनौट भएको कन्ट्री डिपुटी लिडर नारायण पौडेल ले बताएका छन्। म्याथम्याटिकल एशोसिएशन अफ नेपालका उपाध्यक्ष हरि प्रपन्न कँडेलले विद्यार्थीहरुलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको तालिमहरु प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धाहरुमा सरकारी निकायहरुबाट सहयोग वृद्धि भएमा विस्व सामु नेपाललाई दर्बिलो उपस्थिती गराउन सकिने बताए ।
आगामी वर्ष चिनको साङ्घाईमा हुने ६७ औं गणित ओलम्पीयाडको अझ उत्कृष्टताको लागि अहिलैबाट कार्ययोजना तय गरी कार्यान्वयन सुरु गरिएको प्रशिक्क्षक हरिशरण पण्डितले जानकारी दिएका छन् । राष्ट्रिय प्रशिक्क्षक प्रजित अधिकारी सहितको नेपाली टिम अस्ट्रेलिया पुगेको हो । सन् १९५९ देखि हुँदै आएको यस प्रतियोगिता प्रत्येक वर्ष हुने गर्दछ ।
संथाका महासचिव तथा दिव्य कलेज, काठमाडौंका निर्देशक छबि डुङ्गाना नेत्रित्वको नेपाली टोली यहि जुलाई द्दघ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपाल गणित संघको पहलमा सन् २०१७ देखि सहभागीता जनाउँदै आएको संघका अध्यक्ष डा। बिनोद प्रसाद पन्तले जानकारी दिए। नेपाललाई प्रतियोगितामा सहभागीता गराउन गणितविज्ञ भद्रमान तुलाधरको विषेश भूमिका रहेको पन्तको भनाइ छ ।
प्रतियोगिताको विशेषताहरु :
– प्रतियोगितामा २० वर्ष मुनिका स्नातक तहमा भर्ना नभएका विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् ।
– नेपालमा यस प्रतियोगितामा सभागीताका लागि संघको आयोजनामा देशभरबाट करिब २३ सय विद्यार्थीहरुले परीक्षा दिएका थिए ।
– अन्तिम परीक्षामा छनोट भएका छ जना विद्यार्थी प्रतियोगितामा पुगेका हुन् ।
– एउटा देशबाट बढिमा छ जनाले मात्रै भाग लिन पाउँछन् ।
– दुई दिनसम्म चल्ने प्रतियोगिताको परीक्षामा प्रत्येक दिन तीन–तीनवटा गरी जम्मा ६ वटा प्रश्न सोधिन्छ । जसमा तीनवटा प्रश्न समाधानका लागि साढे ४ घण्टा दिइएको हुन्छ ।
– प्रत्येक प्रश्नको अंकभार सात हुन्छ, जम्मा अंकभार ४२ हुन्छ।
– प्रतियोगितामा सहभागीमध्ये उच्चतम अंकका आधारमा व्यक्तिगत रुपमा स्वर्ण, रजत , कास्य पदक र अनरेबल मेन्सन वितरण गरिन्छ।
– हालसम्म ९ जनाले उल्लेखित अवार्डहरु प्राप्त गरेका छन् ।
– आगामी वर्ष २०२६ मा, चिन, ईरान, तुर्केमिनीस्थान, ताइवान, हङकङ लगायतका देशमा सम्पन्न हुन गईरहेका अन्तर्राष्ट्रिय प्रतियोगिता हरुमा ५० बढि विद्यार्थी हरुले नेपालबाट सहभागिता जनाउने छन् ।
– सम्पूर्ण प्रतियोगिताहरुको समस्टिगत छनौट परीक्षाको पहिलो चरणका परीक्षा आगामी भाद्र को दोस्रो साताबाट सबै प्रदेशमा संचालन सुरु गरीने छ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छनौट चरणमा पुुग्नसफल विद्यार्थीहरुलाई देस तथा विदेशका ख्यातिप्राप्त विस्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययन साथै छात्रवृत्तिमा उच्च प्राथमिकता दिईने छ । र अवसरसमेत प्राप्त गर्ने गरेको छ।


प्रतिकृया दिनुहोस्