पालिका भित्र निशुल्क स्वास्थ्य बिमा गर्दै कालिगण्डकी, छुटेकालाई बिमा गर्न आग्रह
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गाउँपालिका भित्र स्वास्थ्य बिमा गर्न छुटेका जनतालाई बिमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार भएको र यो सेवाका लागि पालिकाबासीलाई कुनै पनि शुल्क नलाग्ने गरी अघि बढेको जानकारी दिएका छन् । साथै उनले पालिकामा रहेका सम्पूर्णलाई बिमा कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन् ।
पालिकाबासी जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर पालिकाले आफ्नै लगानीमा कालीगण्डकी अस्पताल संचालनमा ल्याएको र स्वास्थ्य बिमा पनि निशुल्क गरिएको थापाले जानकारी दिए । बिमा गराउन छुटेका नागरिकको सहि विवरणको सूचना संकलन गर्न ७ वटै वडामा क्रियाशिल स्वास्थ्य बिमा अभिकर्ता, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी सबैलाई आवश्यक भूमिका निर्वाह गर्न पनि थापाले अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्