कालीगण्डकी अस्पतालमा आधारभूत आँखा उपचार सेवा शुभारम्भ, स्थानीयबासीमा खुसीयाली
काठमाडौ । कालीगण्डकी गाउँपालिकाद्वारा सञ्चालित कालीगण्डकी अस्पतालमा आधारभूत आँखा उपचार सेवा सुरु भएको छ । शुक्रबार नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री, माननीय पृथ्वी सुब्बा गुरुङले कालीगण्डकी अस्पतालमा आधारभूत आँखा उपचार सेवा शुभारम्भको समुद्घाटन गर्नुभएको हो ।
हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा अस्पतालमा आँखा रोग उपचार विभाग संचालनमा आएको हो ।
यसैबिच हिमालय आँखा अस्पतालका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर र कालीगण्डकी गाउँपालिका स्याङ्जाको तर्फबाट पालिका अध्यक्ष एवं पालिका महासंघका महासचिव खिम बहादुर थापाबिच समझदारी पत्र हस्ताक्षर गरी एक अर्कामा आदानप्रदान भएको छ । गाउँमै आँखाको उपचार हुने भएपछि स्थानीय सेवाग्राहीहरुमा खुसी छाएको छ ।
प्रतिकृया दिनुहोस्