सिद्धार्थ राजमार्गको स्तर उन्नतिको लागि सर्वेक्षण सुरु: उपसभापति गुरुङ

काठमाडौ । पर्यटनको राजधानी पोखरा र व्यापारिक केन्द्र बुटवललाई जोड्ने सिद्धार्थ राजमार्गको स्तर उन्नतिको सर्वेक्षण सुरु भएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व कानुनमन्त्री समेत रहेका सांसद धनराज गुरुङले सिद्धार्थ राजमार्गको स्तर उन्नतिको लागी सर्वेक्षण थालेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले भने, ‘गण्डकी त्रिभुज अन्तर्गत बुटवल पोखरा सिद्धार्थ राजमार्गलाई म्भमष्अबतभम मयगदभि बिलभ मा स्तरउन्नती गर्ने सन्दर्भमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले हालै सर्वेक्षण कार्य थालेकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै सिद्धार्थ राजमार्गलाई म्भमष्अबतभम मयगदभि बिलभ मा स्तरउन्नति गर्ने कार्य अब कहिंकतै अलमलमा नपरोस् र यस परियोजनालाई द्रुत गतिमा अगाडि बढाइयोस् ।’
स्याङ्जाको लाइफ लेनको रुपमा रहेको राजमार्ग गुरुङको निर्वाचनको मुख्य एजेन्डाको रूपमा समेत रहेको थियो । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुरुङले आफ्नो कार्यकालमा सिद्धार्थ राजमार्गको स्तरउन्नति गर्ने प्रतिबद्धता समेत गर्दै आएका छन् ।
पहाड र तराईलाई जोड्ने राजमार्गको रूपमा चिनिने सिद्धार्थ राजमार्ग भारतीय पर्यटक पोखरा आवातजावतको लागि समेतले अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ ।
साथै उनले स्याङ्जाको गल्याङ नगरपालिका ३ को तल्लो गल्याङमा बाध बस्ने गरि तयारी थालिएको आँधिखोला उच्च बाँध जलाशय विद्युत परियोजना निर्माण पनि छिटो सुचारु गर्न आग्रह समेत गरे । उनले भने ‘आँधिखोला उच्च बाँध जलाशय विद्युत परियोजना निर्माणका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीले समेत यस सम्मानित सदनमा प्रतिवद्धता जनाउनु भएको थियो। उक्त परियोजना विद्युत उत्पादनसँगै पर्यटन प्रबर्धनको दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण रहेकोले आँधिखोला उच्च बाँध जलाशय जलबिद्युत परियोजनालई पनि यथासिघ्र अगाडि बढाउनका लागि नेपाल सरकारसँग माग गर्दछु।’
प्रतिकृया दिनुहोस्