यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागको एक÷दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

 

लोकप्रिय