जेन–जीको नाममा कार्यालय प्रमुखहरुलाई आतंकित पार्ने शाही ठगीका अभियुक्त
 
काठमाडौ । दर्जनौं ठगी काण्डमा जोडिएका अर्जुन शाही जेन–जीको नाममा सरकारी कार्यालय प्रमुखहरुलाई आतंकित पार्दै आइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल बायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीमाथि हप्कीदप्की र अस्वाभाविक दवाब दिएर चर्चामा आएका शाही अन्ततः ठगीका अभियुक्त रहेको आरोप लागेको छ ।
वैदेशिक रोजगारको निम्ति कोरिया पठाइदिन्छु भनेर ३० लाख उठाएर फरार भएका शाही केही युटुबर र मिडिया बोकेर सरकारी कार्यालयहरुमा पुग्ने र कर्मचारीहरुलाई थर्काएको भिडियो मिडियामार्फत भाइरल गर्दै आएका छन् ।
अख्तियारका पदाधिकारी देखि सरकारी कार्यालयका प्रमुखको विरुद्धमा उत्रदै चर्को स्वरमा राजीनामा माग्ने तिनै शाही बिरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा २०८२/१/३० गते ठगी गरेको आरोपमा प्रकाउ गरि कार्वाही गरिपाउ भन्दै श्रीकृष्ण फुयालले उजुरी गरेका थिए।
उनले खरिद गरेको गाडी देखी वैदेशिक रोजगारीका निम्ति कोरिया लगायतका देशमा पठाइदिन्छु भन्दै ठगी गर्दै हिडेका उनलाई कारर्वाहीको निम्ति विभिन्न निकायमा पीडितहरुले उजुरी हाल्दै खोजिरहेका तिनै शाही केही दिनदेखी विभिन्न सरकारी निकायमा पुग्ने र प्रमुख लगायतका कर्मचारीलाई धर्काउने ब्यक्ति आफै ठगीमा परेका ब्यक्ति हुन भन्दै पीडित फ्युयालले बताए ।
शाहीले जेन–जीको भावना माथी खेलवाड गरिरहेकाले तत्काल रोक्नुपर्ने र प्रहरीलाई खबर गरि कानुनी कारबाहीका निम्ति नियन्त्रणमा लिनुपर्ने फुयाँलको भनाई छ ।
शाहीले पछिल्ला दिनमा झण्डै ८ वटा फोन प्रयोग गर्ने र सरकारी कर्मचारीलाई धम्काउँदै आएको बुझिन आएको छ ।


 
                                 
                                 
                                 
प्रतिकृया दिनुहोस्