खेल क्षेत्रमा योगदान पुर्याउने पालिका प्रमुखलाई भलिबलको माला लगाएर सम्मान

खेल क्षेत्रमा योगदान पुर्याउने पालिका प्रमुखलाई भलिबलको माला लगाएर सम्मान

काठमाडौँ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने कर्णालीका दश स्थानीय तहका प्रमुखहरुलाई भलिबलको माला लगाएर सम्मान गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा दश जिल्लाका दश स्थानीय तह प्रमुखलाई दश भलिबलको माला लगाएर सम्मान गरिएको हो ।

१९० वटै पालिका प्रमुखहरुलाई मुख्यमन्त्री राजकुमार शर्माले सम्मान गरेका थिए । परिषद्का सदस्य–सचिव विश्वामित्र संज्यालका अनुसार दैलेखको ठाँटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, रुकुम पश्चिमको सानीभेरी नगरपालिका, जुम्लाको तातापानी गाउँपालिका, कालिकोटको तिलागुफा नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, मुगुको सोरु गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिकालाई सम्मान गरिएको हो ।

साथै वीरेन्द्रनगरमा सोमबारदेखि १४ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले १० औं राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर कर्णालीले प्राप्त गरेको बताउँदै सोही अनुसार खेल क्षेत्रको विकासमा प्रदेश सरकार क्रियाशील रहेको बताए ।

लोकप्रिय