हेल्लो अख्तियार ! लहानमा लूट मच्याउन सबैलाई छ छुट ?

हेल्लो अख्तियार ! लहानमा लूट मच्याउन सबैलाई छ छुट ?

 

लहान । दैनिक ज्यालादारी कर्मचारी कार चढेर हिड्छ भन्दा तपाईॅ पत्याउनु हुन्छ ? तर , सिरहाको लहान नगरपालिकाको योजना शाखामा कार्यारत दैनिक ज्यालादारी ईन्जिनियर बिनोद यादव कार चढ्छन् , महगां होटलमा डिनर गर्छन् ।
उसो त लहान नगरपालिकाका करार कर्मचारीका कामकारबाहीबाट जनप्रतिनिधिदेखि नगरबासीसम्म आजित भएका छन् । करार कर्मचारीले कुनै पनि काम गर्नुअघि कमिशन माग्ने गरेको उनीहरुको आरोप छ ।
योजना शाखामा कार्यरत ज्यालादारी इञ्जिनियर तीनै विनोद यादवले आतंक मच्चाएको भन्दै जनप्रतिनिधि, निर्माण कम्पनीका सञ्चालक, उपभोक्ता समितिका पदाधिकारी, सेवाग्राहीलगायत सबै उनीप्रति खनिएका छन् ।
करार र ज्यालादारी कर्मचारीबाट आजित भएपछि वडा नम्बर १३ का वडाध्यक्ष मनोज कोइरालाले सामाजिक सञ्जालमा स्टाटस् नै लेखेर विरोध जनाएका छन् । लेखिएको छ, ‘लहान नगरपालिकामा करारका कर्मचारीको कमाउधन्दाले आजित बनायो ।’ करारका कर्मचारीको आतंक अति भएपछि नगरपालिकामा गुनासो गर्दासमेत वेबास्ता गरिएको उनको भनाइ छ ।
उनको स्टाटस्पछि लहान तरङ्गित बनेको छ । धेरैले उनको स्टाटस् विनोदप्रति लक्षित भएको अड्कल लगाएका छन् । लहानसँगै दक्षिण सीमामा जोडिएको संखुवानन्कारकट्टी गाउँपालिका निवासी विनोद यसअघि विष्णुपुर गाउँपालिकामा कार्यरत थिए ।
स्थायी कर्मचारी र इञ्जिनियरले सबै जिम्मा करारलाई दिँदा उनीहरुको मनोमानी बढेको बताइन्छ । स्थायी कर्मचारी र इञ्जिनियर सबैजसो घाम तापेर बस्छन् । सबै काम करारको जिम्मामा छाडिएको छ । प्रत्येक काममा कमिशन मागेपछि स्थानीय रुष्ट भएका हुन् ।

विनोदलाई कसले बनायो हर्ताकर्ता ?
योजना शाखाको प्रमुखमा आठौं तहका इञ्जिनियर अनिककुमार यादव छन् । तर, उनी नाम मात्रको प्रमुख देखिन्छन् । शाखामा ज्यालादारी इञ्जिनियर विनोदकै दबदबा छ । कुनैबेला नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका इञ्जिनियर शत्रुध्न चौधरी काम नभएपछि घाम ताप्दै बसेको देखिन्छ ।
त्यस्तै, स्थायी दरबन्दीका इञ्जिनियर सुशिलकुमार साह सूचना अधिकारीको जिम्मेवारीमा छन् । अन्य इञ्जिनियरहरु ज्योति चौधरी, सुशिल मण्डल र शेखमनि सिफालिया जिम्मेवारीविहीन छन् । नजिकका फर्ममार्फत् कोटेशनमा डिपिआरको कामको कागजपत्र मिलाएर धमाधम भुक्तानी लिने काममा उनी व्यस्त देखिन्छन् । छिमेकी मुलुक भारतको शैक्षिक प्रमाणपत्र भएकाले त्यसमा धेरैले आंशका गरेका छन् ।
उनले भनेबमोजिम नगरे फाइल नै अगाडि नबढ्ने गरेको उपभोक्ता समितिका पदाधिकारीहरुको गुनासो छ । यस विषयमा विनोदसँग जानकारी लिदा शाखाका प्रमुखकै निर्देशनमा सब काम गरिरहेको बताए ।

शंकास्पद सर्टिपिकेट
बिनोदको ईन्जिनियरको सर्टिपिकेट पनि शंकास्पद रहेको लहान नगरका कर्मचारी स्रोतको दाबी छ ।
बिनोदले भारतको राजस्थान, अजमेरास्थित भगवन्त युनिभर्सिटीबाट ईन्जिनियरिगं गरेको सर्टिपिकेट पेस गरेर ज्यालादारी जागिर खाएको समाचार स्रोतको दाबी छ ।

लोकप्रिय