पर्यटकको पर्खाइमा भरतपुर

पर्यटकको पर्खाइमा भरतपुर

 

काठमाडौ । भरतपुर महानगरपालिकाले पर्यटन भ्रमण वर्ष २०२४ घोषणा गरेको छ । पवित्र नदी नारायणी किनारमा फागुन १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सो अभियानको समुद्घाटन गर्नेछन् । यसबीच भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको जनाएको छ ।
उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन सरोकारवालासँग निरन्तर छलफल भईरहेको छ । उद्घाटन समारोहमा ५० हजार मानिस सहभागि गराउने तयारी भईरहेको महानगरले जनाएको छ । उद्घाटन कार्यक्रमका लागि निस्किने ¥याली, झाकी, मञ्च व्यवस्थापन, शैचालय व्यवस्थापन, आकास्मिक उपचारलगायतका विषयमा विज्ञहरुसँग छलफल भईरहेको छ ।

के छ आकर्षण ?
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ अभियानका लागि नजिकबाटै बाघ नियाल्न सकिने प्रबन्ध मिलाएको छ । मेघौली, देवघाट, बिसहजारी ताल, नारायणी रिभर विच, कविलास, चौकीडाँडालगायत विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृत्तिक सुन्दरता बोकेको ऐतिहाँसिक स्थलहरुमा अवलोकन गर्न सकिनेछ । त्यसैगरी साहसिक हवाई खेलको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडा र कविलासबाट सुरु भएको छ ।

व्यावसायीहरु उत्साहित
तत्कालिन सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेसँगै व्यावसायीहरुले पर्यटन क्षेत्रमा ठुलो मात्रामा लगानी गरेका थिए । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकका लागि लक्षित गरि खोलिएका सुविधा सम्पन्न होटलहरु संकटमा परेका थिए । यद्यपि भरतपुर महानगरपालिको भ्रमण वर्ष २०२४ अभियान घोषणा गरेसँगै महानगरभित्रका व्यावसायीहरु तम्तयार भएर पर्यटक कुरिरहेका छन्् । त्यतिमात्र होइन भरतपुर महानगरको मात्र होइन समग्र चितवनभित्रका पयर्टन व्यावसायीहरु उत्साहित र हर्षित बन्न पुगेका छन । पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होमस्टेहरु समेत धमाधम खुल्न थालेका छन् ।

पर्यटन बोर्डसँग सम्झौता

भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्ने सम्झौता समेत गरेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च तीन करोड सत्तरी लाख मध्ये बोर्डले सत्तरी लाख रुपैयाँ व्यहोर्ने भएको छ ।
पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ब्रोसर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको उच्च प्रशंसा गरेकी छिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न अनुरोध गरेको छ । देशका भईरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफूँ आशावादी रहेको प्रमुख दाहालले भनाई छ ।

आर्थिक समृद्धिको आधार
नेपाल पुरातात्विक, धार्मिक, सांस्कृतिक र प्राकृत्तिक सुन्दरताले भरिपूर्ण देश हो । तर, हामीमाझ भएको सुन्दरताको विश्वबजारमा यथेष्ट रुपमा प्रचार प्रसार नहुँदा पर्यटन क्षेत्रमा जति विकास हुनुपर्ने हो, त्यो हुन सकेको छैन । मुलुकको समृद्धिका लागि भने पर्यटन क्षेत्रको विकास हुनु अपरिहार्य आवश्यकता देखिन्छ । विगतमा पनि सरकारले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न योजना, लक्ष्य तथा कार्यक्रमहरु अगाडि सारेका थिए । ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेर २० लाख पर्यटन नेपालमा भित्र्याउने लक्ष्य राखिएको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण त्यो सफल हुन सकेन ।
त्यसयता सरकारले पर्यटन प्रवद्र्धनका लागि खासै सार्थक योजना तथा कार्यक्रम घोषणा गर्न नसकिरहेको अवस्थामा भरतपुर महानगरले पर्यटन पवद्र्धन र विकासमा टेवा पु¥याउने गरी घोषणा गरिएको ‘पर्यटन भ्रमण वर्ष २०२४’ लाई निकै नै महत्वका साथ हेरिएको छ । यो अभियान भरतपुर महानगरको आर्थिक समृद्धिको आधारको रुपमा समेत हेरिएको पर्यटन व्यावसायीहरुको भनाई छ ।
भ्रमण वर्ष २०२४ मा पाँच लाख स्वदेशी र दुई लाख विदेशी पर्यटकलाई भरतपुर घुमाउने लक्ष्य राखिएको भरतपुर महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिए ।

लोकप्रिय