विजयनगरबासीलाई आनापान ध्यानको महत्व बुझाउँदै अध्यक्ष थापा

विजयनगरबासीलाई आनापान ध्यानको महत्व बुझाउँदै अध्यक्ष थापा

 

काठमाडौ । व्यस्त दैनिकी, लोभ, इष्र्या जस्ता कारणले मानिस अत्याधिक तनावमा फस्ने गर्दछन् । मानिसमा तनाव सिर्जना भएपछि स्वयम् व्यक्ति र समाजमा समेत भौतिक तथा मानसिक समस्याहरु उत्पन्न हुने गर्दछ । पछिल्लो समय यस्ता खाले समस्याले समाजमा विकराल रुप लिँदै गइरहेको छ ।
मानिस भौतिक सुख सयलमा रमाउन प्रयास गरेको देखिन्छ । आम मानिस आर्थिक समृद्धि, विकास र परिवर्तनको पक्षमा रहेका छन् । तर आफँुले आफैभित्रको सद्गुणको विकास र आफ्नो स्वभाव परिवर्तनका लागि कहिल्यै कोशिस गरेको पाइँदैन ।
यसै सिलसिलामा फरक मान्यता राख्दछन् विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा । ‘सबै कुराको विकास मानिसले नै गर्ने हो । त्यसका लागि सर्वप्रथम आम माानिसको मनमा सुख, शान्ति हुनु जरुरी छ ।’
हामी सुःख, शान्ति र आनन्द खोज्दै भौतारिरहेका छौ, तर सबैको खजाना आफुभित्र नै छ भन्ने कुरा नजानेर अनाहकमा दुःख पाईरहेका छौ । हामीलाई त्यो मुहानसम्म पु¥याउने विशाल राजमार्ग ध्यान हो अध्यक्ष थापाको भनाई छ ।
उनी भन्छन्, ‘अहिले समाजमा देखिएको बेमेल, वेथितिको समाधान गर्न ध्यान उपर्युक्त साधन बन्न सक्दछ । मानिसमा देखिएको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि ध्यानको निर्विकल्प अभ्यासमा लाग्नुपर्दछ । स्वास्थ्य विज्ञानले समेत शारीरिक स्वास्थ्य भन्दा मानसिक स्वास्थ्य मानिसको जीवनमा महत्वपूर्ण छ भनेर पुष्टि गरिसकेको छ ।’
‘आनापान ध्यान गर्नाले मन र शरीरको वास्तविक सत्यतथ्य मूर्त एवं अमूर्त रूपमा प्रस्फुटित भई मन र शरीरमा दबिएर रहेका विकार क्रमशः निर्मूल हुँदै जान्छ’ उनी भन्छन्–‘अन्तरमनको गहिराइमा दबिएर रहेका सूक्ष्म विकारसमेत क्रमशः निर्मूल हुँदै मन र शरीर निर्मल हुन्छ । यही क्रममा प्रत्यक्ष ज्ञान एवं गहन सुखको अनुभूति हुँदै जान्छ ।’
त्यसोत, अध्यक्ष थापाको पहलमा विजयपुर गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु, सरोकारवाला, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, गाउँकापालिका अन्तर्गत रहेका विद्यालयमा आनापान ध्यानको प्रशिक्षण कार्यले तिव्रता पाइरहेको छ ।
स्वस्थ र सभ्य समाज निर्माणका लागि मानवीय स्वभाव र आचरणमा परिवर्तन आउन जरुरी रहेको अध्यक्ष थापाको ठम्याई छ । फलःस्वरुप अध्यक्ष थापाले आफ्नो गाउँपालिकाभित्र रहेका विद्यालयका प्राध्यापकको भेला गराई विपश्यना सहायक आचार्यबाट आनापान सत्ति ध्यानको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।


मानिसमा परेको बाह्य प्रभावको अन्त्य गर्दै सिंगो समाज परिवर्तनको लागि आनापान ध्यान जरुरी रहेका भन्दै ध्यान प्रशिक्षण कार्यक्रममा सहभागि प्रधानाध्यापकहरुले समेत ५ कक्षा देखि माथिका कक्षाहरुमा प्रत्येक दिन कक्षा सुरु हुनु भन्दा अगाडि १० मिनेट आनापान सत्ति ध्यान गराउने भएका छन् । विजयनगर गाउँपालिकाको यो सुरुवाती अभियान उदाहरणीय बनेको देखिन्छ ।
विजयनगर गाउँपालिकाको मुहार फेर्ने अध्यक्ष थापाको लक्ष्य रहेको छ । त्यसका लागि सबैभन्दा पहिला आमनागरिकको मानसिक स्वास्थ्य ठीक हुनुपर्ने कुरा उनले राम्रोसँग बुझेका छन् भने पालिकाबासीको स्वास्थ्यप्रति निकै नै संवेदनशिल रहेका छन् उनी । मानिसको स्वास्थ्य मात्र नभएर समग्र पालिकालाई नै सुन्दर र सफा बनाउनका लागि सफाई कार्यमा समेत उत्तिकै सक्रिय छन् ।

आनापान सत्ति ध्यानको प्रशिक्षण प्रशिक्षक स्वहित वीर सिंह कंसाकारले दिएका थिए ।

 

लोकप्रिय