परिष्कृत नेपालको आग्रहमा काम धमाधम

परिष्कृत नेपालको आग्रहमा काम धमाधम

 

भक्तपुर लामो समय देखि भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं ५ चुनदेवी सब-वेमा ट्राफिक कार्यालय जाने दोबाटोमा Manhole को Cover slab फुट्ने समस्याका कारणले गर्दा बाटो प्रयोगकर्ता सर्वसाधारण जनताले दैनिक समस्या भोगिररहनु परेको थियो । सो समस्यालाई महसूस गर्दै यही फागुन १५ गते सुर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनालाई जानकारी गराएका थिए ।

भक्तपर बिकाशमा र समाजमा सरसफाइ देखी चेतना मुलक कामहरू गरेर जनता माझ लोकप्रिय बनेको परिष्कृत नेपालको आग्रहलाई स्वीकारेर हालै त्यहाँ परिपक्व खालको स्ल्याब तयार गरेर हाल्ने काम गर्ने भएकोछ भने त्यसको काम अगाडि बढेको स्थानियले बताएका छन ।

सर्वसाधारण जनतालाई परिरहेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देस्यका साथ Two way slab casting गर्ने काम भएको छ।२८ दिनको curing पश्चात सो manhole मा slab राखिने जानकारी समेत प्राप्त भएको छ। भने त्यसोत सोही ठाँउबाट भेलले बगाएर हराएको मान्छे बागमतिमा भेटिएको ताजा स्मरण भक्तपुरका जनता लाई त्यस ठाँउमा पुग्ने बित्तिकै हुने गरेकोमा अब भने बर्षाको समयमा ढुक्क साथ त्यस क्षेत्रमा आवत जावत गर्न पाईने र आफ्ना बालबच्चा समेत त्यस ठाँउको निर्माण पछि ढुक्क भएर हिड्नेछन भन्दै राज्यले दुर्घटना बारम्बार हुदा समेत नदेखे झै गर्ने चुनदेबीको सववेमा गरेको काम झै अन्य ठाँउमा पनि गरोस परिष्कृत नेपालले भन्ने भनाइ स्थानिय जनताको रहेको छ ।

लोकप्रिय