मिर्गौला पीडित जपिन्द्रलाई युवा नेता राणाले गरे आर्थिक सहयोग
भक्तपुर । नेपाली कांग्रेसको भातृ संस्था तरूण दल केन्द्रीय विभाग बागममी प्रदेश सदस्य मिर्गौला पिडित जपिन्द्र अवाल (मेथी)लाई नेपाली काँग्रेस सुर्य बिनायक नगर कार्यसमिति सदस्य एवं समाजसेवी रवी राणाले १ लाख पच्चीस हजार सहयोग गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य भक्तपुर क्षेत्र नम्वर २ का सभासद दुर्लभ थापाको रोहवरमा राणाले जपिन्द्र अवाललाई सो रकम सहयोग गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै सासद थापाले भने, ‘हामी राजनितिकर्मी भनेका समाजलाई सही मार्ग देखाई समाज सेवा लाग्ने र समाजका गरिब, दुःखीलाई सेवा गर्ने उदेश्य बोकेका सेवक हौ । राजनीतिककर्मीले सधै भरी निस्वार्थ भावले काम गर्नुपर्छ । तेरो मेरो भनेर जनताका काम र विकाशमा पक्षपात गर्नु हुदैन । आज नेपाली कांग्रेस सुर्यबिनायक नगर समितिका सदस्य तथा युवानेता राणाले जुन सेवाभाव देखाए यसले सिंगो पार्टीो गरिमा बढाएको छ । देश र जनताका लागि लड्ने योद्वा तरूण दलका नेतालाई अप्ठ्यारो पर्दा जुन सहयोग गर्नुभयो यसका लागी युवा नेता रविलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’
सांसद थापाले भने, ‘महान परिवारमा जन्मेर राणाले समाजमा केही गरौ भन्ने र सधै जनसेवामा लाग्ने परिवार भएकै कारण यस्तो महान कार्यमा लाग्ने प्रेरण उहाँमा जाग्यो । यस्तो महान समाजसेवी व्यक्तित्वलाई जन्मदिने आमालाई म नमन गर्न चाहन्छु ।’
सांसद थापाले कतिपय नेताहरु देश र जनतामाथि लुट मच्चाईरहेको अवस्थामा राणाले देखाएको मानवीयता प्रसंसनीय रहेको बताए । ‘धन भएर केही हुदैन मनको धनी चाहिन्छ । आजको उदाहरणीय व्यक्तित्व रवि राणा हुनुहुन्छ पार्टी र देशका लागि निरन्तर लाग्ने भाईलाई यस्तो दुःखको बेला जुन सहयोग गर्नु भयो यसको जतिसुकै प्रसंसा गरे पनि कमै हुन्छ ।’


प्रतिकृया दिनुहोस्