उज्यालो नेपाल पार्टीसँग मेरो आबद्धता छैन: मन्त्री घिसिङ
काठमाडौ । उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आवद्ध रहेको भनी विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफूलाई जोडेर जोडेर प्रकाशन भएका सूचना÷समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै उनले उक्त पार्टीसँग आफ्नो कुनै आबद्धता नरहेको दाबी गरेका छन् ।
आफ्नो फेसबुक पेजमा घिसिङले लेखेका छन्, ‘सूचना÷समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन ।’ उनले प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागिता समेत नरहने प्रस्ट पारेका छन् ।
‘मसँग कुनै छलफल÷सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु’, घिसिङको भनाइ छ ।


प्रतिकृया दिनुहोस्