ख्रीष्टमसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न

ख्रीष्टमसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न

 

काठमाडौ । इसाइहरुको महान पर्व ख्रीष्टमसको अवसर पारी गोकर्णेश्वर इसाई समाजले शान्ति पुर्ण मोटरसाइकल ¥याली सम्पन्न गरेको छ।
उक्त र्याली पुष ९ गते बिहान ७ बजेदेखि सुन्दरी जलबाट जोरपाटी हुँदै जकडोल सहित पार्कमा आएर विसर्जन भएको अध्यक्ष विजय सुनवारले बताए ।
गोकर्णेश्वरमा १० हजार भन्दा धेरै इसाईहरूको बसोबास हुँदै आएको छ। गोकर्णेश्वर नगर क्षेत्रमा शान्तिपूर्ण र्‍याली गरेर पर्यटक प्रवद्र्धन गर्नका लागि र्याली गरिएको अध्यक्ष सुनवारले बताए ।
प्रभु येशु ख्रिष्टको एकता आनन्द मुक्ति दिन यो पृथ्वीमा जन्म भएको हो भन्ने सन्देश दिँदै उत्सवको रुपमा र्याली आयोजना गरिएको समाजका सचिव प्रकाश तामांगले जानकारी दिए ।
उक्त मोटरसाइकल र्यालीमा ३०० भन्दा धेरै मण्डलीको सहभागिता थियो।

लोकप्रिय