वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश

वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश

 

स्याङ्गजा । स्याङ्जामा नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी करिव दुई सयजना कार्यकर्ता तथा समर्थक एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार विरुवा गाउँपालिकामा आयोजत चुनावी सभामा नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नयाँ प्रवेशकर्तालाई एमालेमा स्वागत गरेका थिए ।
नवप्रवेशीहरुलाई उपाध्यक्ष थापा र केन्द्रीय सचिव पद्मा अर्यालले खादा, माला र अबिरले स्वागत गरेका थिए । तत्कालीन नेकपा माओवादीबाट निर्वाचित विरुवा गाउँपालिका ३ की अध्यक्ष मनकुमारी राना, वडा सदस्य तथा हाल नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सदस्य कृष्ण बहादुर थापा, वडा सदस्य एवं विरुवा गाउँपालिका सदस्य दुर्गादेवी थापा लगायत एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा पूर्व माओवादी पृष्ठभुमिका जनप्रतिनिधिदेखि काँग्रेसका सक्रिय युवाहरु समेत रहेको एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रेले बताए ।

लोकप्रिय