लमजुङमा १७ आयोजनाले करिब तीन सयमेगावाट विद्युत् उत्पादन गर्दै

लमजुङमा १७ आयोजनाले करिब तीन सयमेगावाट विद्युत् उत्पादन गर्दै

काठमाडौं । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् ।

जिल्लास्थित मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । लमजुङ विद्युत् वितरण केन्द्रका अनुसार जिल्लामा उत्पादित सङ्ख्याका आयोजनाबाट करिब तीन सय मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

जिल्लामा सबैभन्दा बढी मर्स्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मर्स्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

लोकप्रिय