देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण

देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण

काठमाडौं । बिहीबार साँझ देशभर विद्युत आपूर्तिमा समस्या देखिएको छ ।

ढल्केबर–मुजफ्फपुर चार सय केभी प्रसारण लाइन सर्ट भएर पटक पटक विद्युत अवरुद्धको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत अहिले पनि आउने र जाने भइरहेको छ ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सबस्टेशनमा समस्या हुँदा देशभर विद्युतको समस्या भएको बताएका छन् । लाइन सर्ट भएर भारतबाट विद्युत् आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको उनले जानकारी दिएका छन् । प्राधिकरणले यसको स्थायी समाधान गर्न केही समय लाग्ने बताएको छ ।

लोकप्रिय