उर्जा सम्मेलनमा ऊर्जामन्त्री चीन प्रथान
काठमाडौँ । चीनका भईरहेको पाँचौ ऊर्जा सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का चीन प्रस्थान गरेका छन् ।
चीनस्थित साङ्घाई (अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन प्रस्थान गरेका हुन् ।
उक्त कार्यक्रममा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने भएको छ । यही असार ९ गतेदेखी १३ गतेसम्म अर्थात (जुन २३ देखि २७) सम्म सञ्चालन हुँदैछ ।
आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीहरुको सहभागिता रहने भएको छ ।


प्रतिकृया दिनुहोस्