प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी

प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी

काठमाडौं । नेपाल विद्युुत प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको बताए ।

प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमि र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमिको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको छ ।

कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्किट निर्माण सम्पन्न गरी चार्ज तथा प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अघि बढाएको बताए ।

यसैगरी, प्राधिकरणले मागेको १० अर्ब रुपैयाँको ऋणको लागि सरकारको स्वीकृति समेत आइसकेको छ । ‘१० अर्बको अल्पकालीन ऋणको लागि ऊर्जा मन्त्रालयबाट सहमति प्राप्त भएकोले अब उक्त ऋण लिएर नगद अभावलाई पूर्ति गर्ने काम हुने बताए ।

मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत तथा अन्य सामूहिक खेती प्रणाली विकासको अवधारणा अघि बढाएको बताए । मार्गाधिका भित्र परेको जग्गामा सोलार जडान गरी उत्पादित विद्युत प्राधिकरणले खरिद गर्ने गरी अगाडी बढाइएको कार्यक्रम अन्तर्गत खिम्ती प्रसारण लाइनको मार्गाधिकार भित्र तामाकोशी गाउँपालिका ५ शहरे गाउँका स्थानीयसँग समन्वय गरी करिव १ मेगावाट सोलार आयोजनाको पीपीए प्रक्रिया अगाडी बढाइएको छ ।

काठमाडौं उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए।

प्राधिकरणले चार्जिङ स्टेशनको लागि आवश्यक पूर्वाधार निर्माण गर्नका लागि तपशिलका वितरण केन्द्रहरुको मागका आधारमा एक करोड ८१ लाख बजेट उपलब्ध गराएको छ ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको ठाउँमा आएका शाक्यको तत्कालीन समयमा चौतर्फी आलोचना भएको थियो, जुन क्रम अहिलेसम्म सकिएको छैन। खासगरी राजधानीसहित देशका अधिकांश भेगमा बिजुली आपूर्ति कम भएको र उद्योगीहरूसँग बक्यौता उठाउन नसकेको भन्दै उनको आलोचना भएको हो ।

लोकप्रिय