दुर्गा प्रसाईंको गुण्डागर्दीले राजसंस्था फर्किँदैन : मीनबहादुर गुरुङ

दुर्गा प्रसाईंको गुण्डागर्दीले राजसंस्था फर्किँदैन : मीनबहादुर गुरुङ

 

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायी मिन बहादुर गुरुङले दुर्गा प्रसाईंको गुण्डागर्दीले राजसंस्था नफर्कने बताएका छन् ।
यही चैत १५ को दुर्गा प्रसाईंले राजा फर्काउने आन्दोलनको नाममा हत्या, हिंसा र भाटभटेनीमा लुटपाट भएको घटनाबाट आक्रोशित बनेका गुरुङले प्रसाईंले राजा फर्काउने आन्दोलन गरेको नभई गुण्डागर्दी गरेको बताउँदै राज्यले उनलाई छुट दिन नहुने बताए ।
कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङले राज्यले व्यावसायीको सुरक्षा दिन नसके व्यावसायीहरु पलाउन हुनुपर्ने बताए ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई राज्यले पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ ।
‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’

लोकप्रिय