अख्तियार प्रमुखमाथि गैरकानुनी दवाब किन ?

अख्तियार प्रमुखमाथि गैरकानुनी दवाब किन ?

 

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईको राजिनामा माग गर्दै जेन–जी समूहहरुले दबाब सिर्जना गरेका छन् । सोमबार साँझ इमेलमार्फत र मंगलबार भौतिक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उपस्थित भई जेनजी समूहका अगुवाहरुले अख्तियार प्रमुख राईको राजिनामा माग गरेका हुन्।
प्रेम कुमार राईले आफूँले नियुक्त पाइसकेपछि कुनै दवाव र प्रभावमा नपरी अख्तियारको उदेश्य अनुरुप काम गरिरहेका छन् । राई आफूँले अख्तियारको जिम्मेवारी पाएसँगै अख्तियारको छविलाई उँचो पार्ने काममा निरन्तर सक्रिय छन् । तर भ्रष्टाचार विरोधी जेन–जीका अगुवाहरुले नै उनीमाथि तथ्यहीन आरोप लगाउँदै राजिनामाका लागि दबाब दिन थालेपछि जेन–जीमाथि नै शंका उत्पन्न भएको छ ।

राईकै पालामा अख्तियारले इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीसम्मलाई अदालतमा मुद्दा दायर भएको छ। त्यसैगरी भ्रष्टाचारमा जोडिएका पूर्वमन्त्री, सांसद, कर्मचारी र सरकारी निकायको उच्च पदमा नियुक्त भएका पदाधिकारीहरू माथि भ्रष्टाचार र अकुत सम्पत्तिका उजुरीहरूमा कानुनसम्मत छानवीनलाई तिव्रता दिँदै आएको छ भने प्राप्त प्रमाणका आधारमा दोषी देखिएको अवस्थामा विशेष अदालतमा मुद्दा दर्ता गरिरहेको छ ।
अख्तियारको नेतृत्वमा रही मुलुकमा भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय भूमिका खेल्दै आएका राईमाथि भ्रष्टाचारमा डामिएका थुप्रै शासक, प्रशासकहरुले बदलाको भावना राखेका थिए भने जेन–जीलाई प्रयोग गरी उनीमाथि षड्यन्त्र गरिएको यतिबेला प्रष्ट भएको छ । जेन–जीले कानुनविपरित दवाव दिई राईको राजिनामा माग्नु भनेको सम्वैधानिक निकायलाई पँगु बनाउन खोज्नु हो ।

अख्तियार प्रमुख आयुक्त राईका कार्यहरू राजनीतिक पक्षपाती रहेको र वाइडबडी घोटाला लगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा राईको नाम मुछिएको आरोप लगाएपनि सो आरोपमा कुनै सत्यता छैन । क्षमता र इमान्दारिताको आधारमा उनी अख्तियार प्रमुखमा नियुक्त भएका थिए । दवाव र प्रभावमा नपरी उनले अख्तियारमा कार्यसम्पादन गर्दै आएका छन् । लामो समय प्रशासनिक क्षेत्रमा विताएका राईले अख्तियारलाई समेत सुधारमा मार्गमा प्रवेश गराएका छन् । यतिबेला उनीमाथि गैरकानुनी दवाब दिनु उचित देखिँदैन ।

लोकप्रिय