शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्

शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्

काठमाडौं, साउन १३, गायिका शान्तारानी परियारले ‘म त ढलेँ ढलेँ…’ गीतबाट निकै ख्याति कमाइन् । योबाहेक उनका अरु गीतहरु धेरैको सम्झनामा छैनन् ।
एउटै गीतले आफ्नो करिअर उठाएकी परियारको एउटा गुनासो छ । आफूले गाएको गीतले ‘विश्व हल्लाएको’ तर आफ्नो गृहजिल्ला कुनै पनि नेताले एकपटक पनि आफूलाई हौसला नदिएको उनले बताएकी छन् ।
हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा परियारले गुल्मीका नेताहरुले आफ्नै जिल्लाका कलाकारहरुलाई नचिन्ने टिप्पणी गरिन् ।
उनले भनिन्, ‘अरुतिर के छ मलाई थाहा भएन, हाम्रो गुल्मीका नेताहरुले चाहिँ कलाकार चिन्नुहुन्न । कुन गीत कुन कलाकारले गाएको हो उहाँहरुलाई थाहा छैन । त्यही भएर मैले पनि हाम्रो जिल्लाका नेताहरुको विषयमा धेरै चाँसो राख्दिनँ ।’
आफ्नो गीतहरुले गुल्मीलाई चिनाउन धेरै भूमिका खेलेको परियारले दावी गरिन् । तर कुनै पनि नेताले आफूलाई अहिलेसम्म एक कल फोनसम्म नगरेको उनको भनाइ छ ।
उनले थपिन्, ‘आफ्नो गीतमार्फत गुल्मीलाई चिनाउन मैले धेरै सपोर्ट गरेको छु । तर, एकजना नेताले पनि मलाई गुल्मीको कलाकार भनेर चिन्नुभयो त ? कसैले मलाई एकपटक पनि फोन कल गर्नुभयो त ? उहाँहरुको पनि त दायित्व हो । उहाँहरुलाई नेता भनेर हामीले नै कल गर्नु पर्ने । हामीले नै ज्यूज्यू गर्नुपर्ने । हामी पनि त कलाकार हौं नि !’

परियारको ‘म त ढलेँ ढलेँ गीत विश्व हल्लाएको गीत हो । हो कि होइन ? नेपाली नबुझ्ने, नेपाली नबोल्ने बच्चाले पनि गुनगुनाएको गीत हो । तर मलाई कुनै नेताले ‘यो गीत गाएको कलाकार रहेछौ, हाम्रो गुल्मी जिल्लाको गायिका रहेछौ, लौ हामीलाई तिमीजस्तो गायिका हुनुमा गर्व छ’ भनिदँदा के जान्थ्यो र ? मलाई कसैले भन्नुभयो त ? भन्नुभएन नि ! त्यही भएर मैले पनि नेताप्रति कुनै पनि चाँसो राख्दिनँ ।’

लोकप्रिय