नेपालले रुसबाट सिक्नु पर्छ :वर्षामान पुन रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन: भण्डारी सन्दर्भ: ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस

नेपालले रुसबाट सिक्नु पर्छ :वर्षामान पुन रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन: भण्डारी सन्दर्भ: ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस

धनबहादुर मगर/वैरागी जेठा
काठमाडौं, साउन ४, नेपाल रुस मैत्री संघको आयोजनामा कुटनैतिक सम्बन्ध स्थापना भएको अवसर पारी ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस मनाएको छ ।
रुसमा अध्ययन गरि नेपाल फर्केर आई सेवा गरेका चिकित्सक, प्राध्यापाक, इन्जिनियर, अधिवक्ता, वैज्ञानिकहरुको बाक्लो सहभागी रहेको उक्त स्थापना दिवसमा नेपाल र रुस बीचको सम्बन्धलाई मजवुट बनाउनु पर्ने विचारहरु व्यक्त गरेका छन् ।
नेपाली जनता र रुसी जनता बीचको सम्बन्ध अझ माथि उठाउनु पर्ने विचारहरु उनीहरुले व्यक्त गर्दै भविष्यमा रुससँग सक्दो सहकार्य गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, पूर्व परराष्ट्र मन्त्री, नेपाल रुस संसदीय समूहका अध्यक्ष वर्षामान पुनले रुसले गरेको प्रगतिबाट नेपालले सिक्नु पर्ने र नेपालले रुसले गरेको सहयोग बिर्सन नहुने विचार व्यक्त गरेका थिए । ‘‘पुनले नेपालले कहिल्यै पनि बिर्सनुको बताउदै रुस र नेपालको सार्वभौमिकता, राजनीतिक, साँस्कृतिक, आर्थिक कुटनैतिक सम्बन्ध आजको नभएको बताउनु भयो ।
विज्ञान र प्रविधिमा रुस अगाडि छ । शिक्षा, जनशक्ति र पूर्वाधार क्षेत्रमा रुसले गरेको सहयोग भुल्नु हुँदैन । नेपाली जनता र रुसी जनता बिचको गहिरो सम्बन्धले नेपालले आजमात्र होइन भोलिका दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पुनले बुलन्द थापाले गरेको भाषणलाई, ‘‘सोभियत जोस’’ भनेर प्रशंसा गर्न पछि परेन ।
उक्त अवसरमा रुसी राजदूत अलेक्सेइले नेपाल र रुसको सम्बन्धलाई आफूले नजिकबाट हेरिरहेको बताउँदै कुटनैतिक सम्बन्धको ७० औं वर्ष मनाउँन पाउँदा आफू हर्षित भएको र भविष्यमा अझै सम्बन्धलाई नयाँ धारबाट उठाउने गरि काम गर्ने पनि प्रतिवद्धता गर्नु भएको छ ।
१९५६ जुलाई २०का दिन स्थापना भएको मैत्री सम्बन्ध ७० वर्ष पुगेको र तत्कालीन सोभियत संघ हाल रुस, बीचको सम्बन्ध ७० औं वर्ष अति नै परिपक्व समय भएको जनाएका छन् ।
१९५५ मा स्वः टंक प्रसाद आचार्य र सोभियत प्रधिनिधी मण्डल बिच २० जुलाइमा भेटगरि कुटनैतिक सम्बन्ध स्थापना भएको थियो । सन् १९६० मा नेपाल साँस्कृतिक संघ र रुसी मैत्री संघ नेपाल स्थापना भएका थिए ।
नेपाल सरकारका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल रुस कुटनैतिक सम्बन्ध ७०औं वर्षगाँठ पुगेको उपलक्ष्यमा शुभ कामना सन्देश पठाएका थिए । शुभकामना सन्देशमा मन्त्री खनालले दुई देशको सम्बन्ध अझै बलियो होस् भनेर शुभकामना सन्देश पठाउनु भएको थियो ।
रसियन हाउसका निर्देशक अनास्टासिया खोखलोभाले नेपाल रुस बीचको कुटनैतिक, साँस्कृतिक सम्बन्ध नेपाली जनताको अगाढ मायाँको कारण सफल भएको बताउनु भयो । ७० औं वर्षगाँठ मनाउन पाएको उल्लेख गर्दै खोख्लोभाले दुइदेशको आपसी सम्बन्धले निरन्तरता पाइरहोस् भनि शुभकामना व्यक्त गरिन् ।
विज्ञान, प्रविधि तथा वातावरण पूर्व मन्त्री गणेश शाहले नेपालको कृष्ण प्रसाद भण्डारीले नेपाल र रुस बीच दौत्य सम्बन्ध बढाएर नेपाललाई विश्वमा चिनाउन योगदान गरेको बताउँदै । नेपाल र रुसले आपसी खेलेको मैत्रीपूर्ण सम्बन्धले अतुलनीय योगदान पु¥याएको बताउनु भयो । शाहले रुस तथा तत्कालीन सोभियत संघले विज्ञान प्रविधि, शिक्षा, लगायत धेरै क्षेत्रमा सहयोग पु¥याएको उल्लेख गर्दै ७०औं वर्षगाँठ सम्झना गर्दा नेपाल र रुस बेग्ला बेग्लै राजनीतिक धारबाट बगेपनि पञ्चशीलको आधारमा अगाडि बढेको बताउनु भयो । शाहले नेपालमा ‘‘त्यो बेला राजतन्त्र थियो, रुसमा कम्युनिष्ठ पार्टीको व्यवस्था थियो ।’’ कृष्ण प्रसाद भण्डारी र पूर्व प्रधानमन्त्री टंक प्रसाद आचार्यले ठूलो योगदान गरेका थिए । शाहले उनीहरुले रोपेको विरुवालाई मलजल दिएर हुर्काएको उल्लेख गर्दै हामीले हुर्काएको विरुवाको सम्बन्धलाई छोड्न नहुने बताउनु भयो ।
मित्र कुञ्जका अध्यक्ष रामविन्दु श्रेष्ठले विज्ञान र प्रविधिमा रुसको सहयोग कहिल्यै बिर्सनु नहुने बताउनु भयो । राम विन्दुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, उद्योगमा रुसको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।
अर्का अतिथि बुलन्द थापाले नेपाल र रुस बीचको सम्बन्ध पछाडि फर्केर हेर्दा नेपालको ६ हजार भन्दा बढी युवा जनशक्तिलाई रुसले आफ्नो लगेर शिक्षादिक्षा दिएर, निशुल्क अध्ययन अध्यापन गराएको स्मरण गर्दै रुस नेपालको लागि सँधै हितकारी भएको बताउनु भयो ।
नेपाल रुस साहित्यक संघका अध्यक्ष विष्णु बहादुर सिंहले रुस र नेपालको कला साहित्यले दुईदेशको सम्बन्धलाई अझ प्रगाढ बनाएको उल्लेख गनुृ भयो ।
नाट्यकर्मी नवराज पुडासैनीले ७०औं वर्षगाँठ मनाउने पाउँदा आफूलाई धेरै खुशी लागेको बताउँनु भयो । पुडासैनीले अध्ययकनको क्रममा २०५४ सालदेखि रंगकर्मी अध्ययन सिलसिलामा भारतीय पुर्वीय ‘‘भरत नाट्यम’’ नवरस । रसियन हाउस मस्को थिएटर सबैभन्दा पूरानो मस्को थिएटर मानिन्छ । त्यस थिएटर पठन हुने कोनतान्तोनस्लाभा थेउरीमा अध्ययन गरेको थिएँ । कोनस्टान्टोस्लाभ देशसँग ७० औं वर्षगाठ मनाउन पाउँदा नाट्यकमीको हिसाबले आफू निकै हौसिएको बताए । साथै उनले नेपाल र रुससँग सम्बन्धित १९ वटा नाटकहरु त्यही प्रेक्ष्यलय प्रस्तुत गरेको बताए ।
पुडासैनीले, अलेसान्द्रा पुस्किनको कविता ‘‘मित्रताको दीप’’मा जलिरहोस् बाचन गरेका थिए । यो इतिहासको यात्रा होइन, विश्वास र सम्मानको यात्रा हो । मित्रताको पुल हो । जसले युगयुगको हृदयलाई जोड्न काम गर्दछ, उनले भने ।
नेपाल रुस चेम्वर्स अफ कमर्शका अध्यक्ष दिवस अमात्यले बिरगञ्ज कृषि औजार कारखाना र जनपुर चूरोट कारखाना र पूर्व पश्चिम महेन्द्र राजमार्ग भारतसँग जोड्ने रुस सरकारले गरेको सहयोग स्मरण गर्नु भएको थियो । विश्व वहुध्रु्रवीय कोणबाट गुज्रेको उल्लेख गर्दै पश्चिमाहरुले हेर्ने दृष्टिकोण फरक भएपनि नेपालले आफ्नो नजिकको मित्रतालाई सँधै सम्झनु पर्ने बताउनु भयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर पूर्वाधारको क्षेत्रमा भू–राजनीतिक फरक होला । हाम्रो सम्बन्ध प्रगाढ बन्दै जाओस् पुनले भने ।
७०औं नेपाल रुस मैत्री सम्बन्धको अवसरमा रुसी र नेपाली कलाकारहरुले नृत्या प्रस्तु गरेका थिए ।
उक्तको अवसरमा नेपाल रुसी मैत्री संघका उपाध्यक्ष अत्युतानन्द भण्डरीले आफू १९७० मा अध्ययन सकेर आएको बताउदै नेपाललाई रुसले विज्ञान, प्रविधी, उद्योग, भौतिक संरचनामा ठूलो सहयोग पु¥याएको बताउनु भयो । रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन्, भण्डारीले भन्नु भयो ।

लोकप्रिय