सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
काठमाडौं, साउन १३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेलेकोले अब यस्ता द्वन्द्वमा फस्न नहुने बताएका छन् ।
उनले मधेशको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
मधेशमा बढेको अशान्तिप्रति सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै सिंहले हिंसात्मक गतिविधिले मधेशको भौतिक संरचना भत्किने, शैक्षिक सत्र अवरुद्ध हुने र व्यापार व्यवसाय ठप्प हुने जस्ता नकारात्मक असर परेको उल्लेख गर्दै यसले मधेशलाई नै ठूलो धक्का लागेको बताएका छन् ।
सिंहले लेखेका छन्, ‘अब समय आएको छ, सबै वर्ग र समुदाय मिलेर मधेशको विकासको एजेन्डालाई अगाडि सारेर अघि बढौं ।’


प्रतिकृया दिनुहोस्