टिभिएस मोटरसाइकल र स्कुटर किन्दा १० लाख जित्ने मौका
काठमाडौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नया ँयुगको आरम्भ’नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना देशभर तर सिमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
‘नयाँ युगको आरम्भ’ योजना अन्तर्गत बुकिङ्ग गर्दा पाँच लाख सम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । त्यसैगरी हरेक सप्ताह १०० प्रतिशत सम्म क्याश ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
यस कम्पनीले जीवनभरको लागिवारेन्टीका साथपुरानो बाइकवा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजिफाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ ।


प्रतिकृया दिनुहोस्