प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकद्वारा एक करोड ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकद्वारा एक करोड ५० लाख सहयोग

 

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकले १ करोड ५० लाख सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सो रकम हस्तान्तरण गरेका हुन् । यससँगै कोषमा एकैदिन तीन करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृतले समेत बाढी पहिरो पीडितलाई उद्दार तथा राहत पुग्ने अपेक्षा सहित विभिन्न संस्थाहरुले सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
कोषमा नागरिक लगानी कोषले ५१ लाख, एसबिआइ बैंकले २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकले २५ लाख, ओरियन्टल इन्स्योरेन्सले १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रुपैयाँ रकम कोषमा सहयोग गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

लोकप्रिय