खुल्यो भाटभटेनी, १६ शाखाबाट सेवा दिँदै

खुल्यो भाटभटेनी, १६ शाखाबाट सेवा दिँदै

 

काठमाडौं। जेनजी नाममा भएको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २७ गते दिउँसो २ बजेदेखि बेलुकी ८ः३० बजेसम्म नेपालभरिकै विभिन्न १६ शाखा खुलेका छन्।
कम्पनीले काठमाडौं उपत्यकाभित्र टोखा, सतदोबाटो, अनामनगर, सानागाउँ, युडब्लुटिसी, पाटन, कलंकी, राधेराधे र बलाजु शाखा सञ्चालनमा ल्याएको जनाएको छ। यस्तै, उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि खुलेका छन्।
तोडफोड र क्षतिको बीचमा पनि ग्राहकको धैर्य र निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै कम्पनीले ‘हामी फेरि खुलेका छौँ’ भन्दै सूचना जारी गरेको छ।
यसअघि आन्दोलनको क्रममा देशभरका निजी उद्योग व्यवसाय र सुपरमार्केटमाथि आक्रमण हुँदा भाटभटेनीका धेरै शाखा पनि प्रभावित भएका थिए। अब कम्पनीले आफ्नो नियमित सेवा क्रमशः सञ्चालनमा ल्याउने जनाएको छ।
जेनजी प्रदर्शनका नाममा अराजक भीडले भाटभटेनी सुपरमार्केटको राजधानीको कोटेश्वर, चक्रपथ, नक्साल लगायत पोखरा, चितवन, धरान, विराटनगरलगायतका शाखाहरुमा पूर्ण क्षति पु¥याएको छ । भाटभटेनी सुपरमार्केटले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै हजारौं युवाहरुलाई रोजगारी प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय भाटभटेनी सुरपमार्केट पटक पटक निशानामा पर्दै आएको छ ।

लोकप्रिय