खानेपानीमा सूर्यविनायक नगरपालिकाको रहस्यमय निर्णय

भक्तपुर । सुर्यबिनायक नगर पालिकाको गत ३१ गतेको बैठकले नगरपालिका भित्रका खानेपानी उपभोक्ता समितिवाट चलिरहेका र चल्दै नचलेका सबैलाई खानेपानि समितिलाई केयुकेएलमा गाभ्ने एकतर्फी निर्णय गरेर नगरपालिकाले समितिलाई हैकमी शाशन लाद्ने कोशिस गरेको छ ।
सम्पुर्ण वडाका उपभोक्ता समिति केयुकेललाई दिने भनियता पनि १देखि छ वडालाई पहिलो चरणमा दिने भनिएको छ । तर ती वडाका अध्यक्षले पनि ती आफ्ना वडाका खानेपानी समितिलाई तिनदिन भित्र राय पठाउन निर्दैशन दिएको छ ।
एकतर्फी रूपमा मनमानी ढँगको निर्णय गरेर बिना सोधपुछ सल्लाह नै नगरी पत्र पठाउनुका पछाडी ठुलै रहस्य लुकोको छ । यसको पछाडी डाँटको लज्जारूप देखिएकोछ । सुर्य बिनायक नगर पालिका भित्र ५२ वटाउपभोक्ता समिति लाई पत्र पठाएको नाटकमन्चन गरेर गरिनलागेको यस्तो गैर परिपक्क निर्णयले उल्टै नगर पालिका जनता सामु नांगिएकोछ त्यसो त उनीहरूले गरेका कर्तुत ढाकछोप गर्न लागि त्यस्तो काम गरेका हुन भन्ने आवाज उठिरहेको छ ।
उपमेयर सरिता भट्टराईको संयोजकत्वमा मेलम्चीको पानी कटुन्जे दधिकोट र वालकोट सिरूटारमा दिई ट्याङ्कीमा पानी खसाल्ने निर्यण साथ काम अगाडि बढेको पनि धेरै भई सक्यो तर अहिले सम्म काम सकिसक्नु पर्ने त्यतातिर ताकिता नगरी निर्णय माथि निर्णय गरेर आफ्नो अशक्षमता लुकाउने षडयन्त्र गरेको देखिन्छ ।
मेलम्चीको पानी ट्याङकी सम्म ल्याई सक्नु पर्ने अहिले सम्म किन काम सम्पन्न भएन त्यो जवाफ उपभोत्तालाइ नगर ले दिन सक्नु पर्छ । किन यो भोटको राजनिति गरेर जनतालाई छुक्याउने खेलमा कहिले सम्म लाग्छ नगर । त्यसै एउटा पत्रकै भरमा उपभोक्ताले आफ्नो गाँस काटेर जनताको करोडरौको सम्पत्ति आफुहरूको असक्षमता ढाकछोप गर्न गरिएको निर्णय बिरूद्ध उपभोक्ता र स्वंम समितिहरू लागि सकेका छन । जनतालाई सुध्दपानी ख्वाउछु भनेर चुनावमा आस्वाशन दिएर आएका नेताहरूले मेलम्ची नै किन ? यहाका श्रोतहरूको खोजी तर्फ किन ध्यान दिदैन ।
आशापुरी र गुण्डुको महादेब खोलामा ड्याम बनाउने कुरा कहाँ गयो । त्यसको जवाफ नगर संग छ भनेर स्थानिय हरूले प्रश्न उठाई रहेका छन । त्यसो त पुस्तौ देखि काकाकुलको अवस्था भोगि रहेका कटुन्जेवासीलाई नगरको गैर जिम्मेवारी निर्णयले झस्काएको छ ।
कटुन्जे घट्टेखोला लिफ्ट खानेपानी,पाण्डो बजार खानेपानी, तिनधारा, सुबर्णेश्वर खानेपानी पनि केयुकेललाई सुम्पिन लागेको प्रति सम्बन्धित ठाँउका जनताहरू त्यसको बिरूध्दमा लागि सकेकाछन । उपमेयर सरिता भट्टराई र नगर पालिका कार्यकारी अधिकृत तारानाथ लुईटेल लाई कटु्ञ्जे घट्टेखोलाका समिति का हरूले उहाँहरू समक्ष बिरोध जनाई सकेका छन् । उनीहरूले झाराटारी कुरा गरेर आफुहरू पन्छन खोजेको उपभोक्ता समितिका जिम्मेवार पदाधिकारी बताएका छन् ।
नगरले नचलेको र हाहाकार भएको ठाउँमा पानी पुर्याउनु तर्फ लागि पर्नुपर्छ पहिले तर यो मागलाई बिर्शियर किन अर्को कार्ड जनतालाई झुक्याउन नगर पालिकाले फालेको हो त्यो रहस्यमय नै छ अहिले सचेत नागरिकको एउटै माग छ ।
पानी पुर्याउने ठाउँमा अहिले सम्म नपुर्याउने उपभोक्ता समितिले नियम सम्मत किसिमले काम गरेकी गरेनन नहेर्ने ५२ वटा मध्ये कतिवटा नियमसंगत रूपमा काम भएका छन र त्यहाँ भित्रको कामको मुल्याकंन गरेर राम्ररी काम गरेर जनतालाई खानेपानि पुर्याउने लाई पुरस्कार दिनु पर्नेमा किन त्यस्ता उपभोक्ता समिति लाई समेत रातारात निर्यणको पत्र पठाउने षडयन्त्र गरिदैछ । यसको पछाडी पनि कतै नगरमा हिजो जस्तै भित्र भित्र सम्झौता गरेर नेप्सेम्याक संगको सम्झौता जस्तै भित्त्र सांठगाँठ त गरिदै छैन भन्ने प्रश्न उठिरहेको छ ।
कटुन्जे घट्टेखोलाका समिति सदस्य र उपभोक्ताहरू आफुहरूले दुःख गरेर जनताको घरदैलोमा बिहान बेलुकी सहज रूपमा ख्वाइ रहेको पानिमा कसैको गिध्देदृष्टी परेको ठहर गरेर उपभोक्ता भेला बोलाउनु परेको र छिट्टै भेला बोलाउने समितिले तयारी गरेको श्रोतले बतायो ।
प्रतिकृया दिनुहोस्