कांग्रेसको बैठक बस्दै

कांग्रेसको बैठक बस्दै

 

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अन्तिम मिति टुंग्याउन आज शेरबहादुर देउवा निवास बुढानिलकण्ठ निवासमा २ बजे बस्दैछ । अन्तिम पल्ट तोकिएको आगामि भाद्र १६–१९ गते हुने भनिएको मितिमा महाधिबेशन हुन असम्भव देखिएको छ । केन्द्रिय समितिले आज मात्र क्रियाशिल सदस्यता सम्बन्धि बिबादको बैठकले अन्तिम निर्णय गर्दैछ ।
आज टुंगो लगाईने क्रियाशिलको सदस्यताको बिषय पश्चात् महाधिबेशन गर्न कुनै बाधा रहनेछैन, शिवाय समयको । कांग्रेस सम्बद्व निर्वाचन समितिले सदश्यताको अन्तिम नामावली पाएको मितिले ५३दिनको म्याद मागेकोले आउँदो भाद्र १६ मा महाधिवेशन सम्भव देखिंदैन । तर पनि संस्थापन ईतर नेताहरु, बिशेष गरि रामचन्द्र पौडेल भने तोकिएकै मितिमा महाधिबेशन गर्न दबाब दिईरहेका छन् । दवाव दिन कै लागि रामचन्द्र र महामन्त्री डा. शशाँक कोइरालाले आफुनिकट जिल्ला सभापतीहरुको समेत दुई दिने भेला काठमाण्डौमा गरेका थिए ।
आज कुपण्डोलस्थित समिट होटलमा पनि शेर बहादुर देउवा निकट डेढ दर्जन सभापतिहरु जम्मा भएर महाधिवेशनको समय सार्न र सबै नेताहरुलाई दवावयुक्त आग्रह गरेका छन् ।
मंसिरमा महाधिबेशन गर्ने वा त्यो भन्दा पर लैजाने वा बिशेष महाधिबेशन गर्ने वा आबधिक महाधिबेशन गर्ने वा प्रक्रिया छोट्टयाएर भाद्र महिनामा नै महाधिबेशन गर्ने वा, वडा, क्षेत्र र प्रदेशको प्रतिनिधीहरुको निर्वाचन गरि महाधिबेशन गर्ने , जिल्ला, नगरको निर्वाचन पछि गर्ने भन्ने राय देखिएको छ ।
देउवा निकटहरु अब दशैं तिहार मानेर सबै तहको निर्वाचन, गर्ने अभिमत राखिरहेको देखिन्छ । त अब सबैको प्रतिक्षित बिषयमा आज काँग्रेशले निर्णय गर्नेछ । प्रकिया छोट्टयाउँदा पनि बिभिन्न जिल्लाको भौगोलिक अवस्थाले, निर्वाचन समिति श्रोत अनुसार १९ दिन भन्दाकममा महाधिबेशन संभव नहुने वताउँछन् ।

 

लोकप्रिय