सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन
- dainiksamaj
- २०७८ भाद्र २, बुधबार
दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।
राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।
–
Post Views: 522
- बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
- झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
- सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
- पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक, वैचारिक र समसामयिक महत्व
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
लोकप्रिय
-
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार -
सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
२०८२ पुष २३, बुधबार -
बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
२०८२ पुष २९, मंगलवार -
झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
२०८२ पुष २८, सोमबार -
कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
२०८२ पुष २५, शुक्रबार


प्रतिकृया दिनुहोस्