यी हुन् एकीकृत समाजवादी पार्टी दर्ता गर्न हस्ताक्षर गर्ने ‘एमाले’ सांसद्हरु

यी हुन् एकीकृत समाजवादी पार्टी दर्ता गर्न हस्ताक्षर गर्ने ‘एमाले’ सांसद्हरु

काटमाडौं, भदाै ९। प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा रहेका एमालेका ३० जना सांसद् र ५५ केन्द्रीय सदस्यले बुधवार हस्ताक्षर सनाखत गरेका छन् ।

दस्तखत सनाखतका लागि बोलाएको हुँदा निर्वाचन आयोगमा उपस्थित भएर प्रतिनिधिसभा र राष्ट्रियसभाका २० सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन् ।

एमाले नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीबाटै सनाखत गरेको जनाइएको छ ।

एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने हालै जारी राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।
नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर गर्ने साँसद र केन्द्रीय सदस्यहरु यस प्रकार छन ।
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरुदेवी जैरु
प्रेमबहादुर आले
मेटमणी चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पकुमारी कर्ण कायस्थ
समिन हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
बिना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रसाद पुरी
उदया शर्मा ९पौड्याल०
सिंहबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी
झलनाथ खनाल ९भारतबाट सनाखत०

 

लोकप्रिय