नबिल बैंकले काभ्रे जिल्लाको पाँच खाल र पनौती नगरपालिकासगँ उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी

नबिल बैंकले काभ्रे जिल्लाको पाँच खाल र पनौती नगरपालिकासगँ उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी

 

काठमाडौ । पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताउनु भयो ।

त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गर्नुभयो ।

साथै उहाँले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

पाँचखालमा आयोजित कार्यक्रममा बँेल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्ने बताउनु भयो ।

लोकप्रिय