भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

काठमाडौं । चीनको कान्सु प्रान्त केन्द्र भइ गएको भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ । सोमबार मध्यराति गएको ६.२ रेक्टर स्केलको भूकम्पबाट कान्सुसँगै छिमेकी छिङहाइ प्रान्तमा जनधनको क्षति भएको छ ।

भूकम्पबाट कान्सु प्रान्तमा ११३ जनाको मृत्यु भएको छ । छिङहाइमा १८ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट २ वटै प्रान्तमा गरी ७०० जनाभन्दा बढी घाइते भएका छन् ।

भूकम्पले कान्सुमा १ लाख ५५ हजार ३९३ घरमा क्षति पुगेको छ । चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

लोकप्रिय