पशुपति क्षेत्र विकास कोषमा थापा

पशुपति क्षेत्र विकास कोषमा थापा
काठमाडौं । पशुपति क्षेत्र बिकास कोषमा डा. मिलनकुमार थापा सदस्य सचिव पदमा नियुक्त भएका छन् । डा. थापा अघिल्लो पटक कोषका कोषाध्यक्ष थिए । कोषाध्यक्ष पदमा रहँदा स्वच्छ छवि र स्पष्ट वक्ताका रुपमा चिनिएका डा. थापाले पशुपतिको मुर्त अमुर्त सम्पदाको पुस्तक प्रकाशनको संयोजनको भुमिका निर्वाह गरेका थिए ।
पशुपतिनाथको सम्पति बचाउन भन्दै उनले पशुपतिनाथको जग्गाहरुको तथ्याकं सहित विवरण सार्वजनिक समेत गर्न सफल भएका थिए ।उनले सदस्य सचिवमा नियुक्त भएपछि योजनाका साथ नतिजामुलक कार्य गर्ने बताए । आगामी दिनमा पशुपति क्षेत्रलाई नमुना बनाउने अभियानमा आफु लाग्ने उनले जनाए ।

धार्मिक तथा सांस्कृतिक क्षेत्र सम्वन्धि पुस्तक लेखन र सम्पादन समेत गरेका डा।थापा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । गत शुक्रवार प्रधानमन्त्री स्तरको निर्णयबाट मनोनयन भएका डा. थापालाई पशुपति क्षेत्र बिकास कोषको सचिवालयमा स्वागत गरिएको थियो । विगतका दिनमा धर्म संस्कृति र सनातन धर्मका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका डा. थापालाई यस दैनिक समाज डटकम परिवार सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

लोकप्रिय