मंसिर १२ गते भित्र बक्यौता बुझाउन उद्योगीलाई ताकेता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १५ दिन भित्र बिजुलीको बक्यौता तिर्न उद्योगीहरुलाई ताकेता गरेको छ । बिहीबार सूचना जारी गर्दै प्राधिकरणले मंसिर १२ गते भित्र बक्यौता तिर्न ताकेता गरेको हो ।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिन भित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ ।
सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ । मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।


प्रतिकृया दिनुहोस्