नुनको व्यापारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको एकाधिकार कायमै

नुनको व्यापारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको एकाधिकार कायमै

काठमाडौ । साल्ट टेडिङ्ग कर्पोरेशनले विगत ५० वर्ष देखि निरन्तर रुपमा विक्रि वितरण गर्दै आईरहेको नुनको विक्रि वितरणमा पुन एकाधिकार पाउने भएको छ ।केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेष्ठ १५ गते आर्थिक वर्ष २०७८÷८९ को बजेटमा नुनको व्यापार निजी क्षेत्रलाई समेत खुल्ला गरेको थियो । तर हालका अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिस्थापन बजेट ल्याउँदै नुनको व्यापारमा साल्ट टेडिङ्ग कर्पोरेशनलाई एकाधिकार कायम गरेको हो ।

२०२० सालमा पब्लिक प्राइभेट पार्टनरसिप अन्र्तगत गठन भएको कर्पोरेशनले देशभर सर्वसुलभ रुपमा नुनको विक्रि वितरण गर्दै आइरहेको छ । त्यसोत, केही काला व्यापारीहरुले नुनको व्यापारमा एकाधिकार तोडेर नाफा कमाउने मनसाय राखेको हुँदा साल्ट टेडिङ्गबाट नुनको व्यापार खोस्ने प्रपञ्च रचेका थिए ।

तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मोति दुगडले साल्ट टेडिङ्गले विक्रि वितरण गर्दै आईरहेको नुनको व्यापार खोस्न योजना बुनेका थिए । उनी सेञ्चुरी मसलाका मालिक समेत हुन् । दुगडलाई नुनको व्यापार हत्याउनुपर्छ भनेर सल्लाह भने शशीकान्त अग्रवालले दिएका थिए ।

लोकप्रिय