सेयर बजारमा १४ अर्बभन्दा बढी रुपैयाँको कारोबार

सेयर बजारमा १४ अर्बभन्दा बढी रुपैयाँको कारोबार

काठमाडौं । आज सेयर बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार भने १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ विन्दुमा पुग्दा आज बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा आज ५१ कम्पनीको मूल्य बढेको छ । एक सय ८७ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार सङ्ख्या र रकमका आधारमा समेत यही कम्पनी अगाडी देखिएको छ ।

यसअघि १० वटा कारोबार दिनसम्म बजार निरन्तर बढेको थियो । यो अवधिमा बजार दुई सय १२ अङ्कले वृद्धि भएको थियो । ११ दिन आज सेयर बजारमा सामान्य सुधार भएको हो । परिसूचक घटे पनि कारोबार रकम भने आज बढेको छ ।

लोकप्रिय