क्यापिटल मर्चेन्टमा तिलक बहादुर रानाभाटको गिद्देनजर, अध्यक्ष बन्न अयोग्य रहेको दाबी
काठमाडौ । समस्याग्रस्त क्यापिटल मर्चेन्ट बाैँकिङ्ग एण्ड फाइनान्समा तिलक बहादुर रानाभाट अनेक हथकण्डा अपनाएर फाइनान्सको जग्गा हडप्न लागि परेका छन् ।
रानाभाटले क्यापिटल मर्चेन्ट बैँक एण्ड फाइनान्स लिमिटेडको नाममा रहेको जग्गा बाफिया ऐनको दुरुपयोग गर्दै जग्गा हडप्ने दाऊ रचेका हुन् ।
रानाभाटले आफ्नो श्रीमती सिर्जना रानाभाटको नाममा श्री मनोरम इन्भेष्टमेन्ट प्रालि कम्पनी दर्ता गरेर क्यापिटल मर्चेन्ट बाैँकिङ्ग एण्ड फाइनान्सको समस्याग्रस्त ऋणी अमिता केसीको नाममा धितो बन्दगीमा रहेको पारिलो विल्डर्स प्रालिको नाममा भक्तपुर जिल्ला नगरकोट ९ को कित्ता नं. १५ र १६ को कित्ता नं. १५–३–०–० र १–१४–०–० क्षेत्रफल जग्गा स्वार्थ बाझिने गरी उक्त कम्पनीमा वारिस जयराम के.सी मार्फत राजिनामा गर्न लगाई जग्गा खरिद गराई लिएको बुझिएको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका रानाभाट क्यापिटल मर्चेन्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडका हालका अध्यक्ष समेत रहेका छन् र बाफिया ऐन विपरित उनले त्यसै संस्थाकाे धिताे बन्धकीमा राेक्का राखिएकाे जग्गा खरिद गरेका छन् ।
त्यसैगरी रानाभाटले आफ्ना छोरा सौरभ रानाभाटको नाममा समेत सिविदा इन्भेष्टमेन्ट प्रालिको कम्पनी दर्ता गर्न लगाई क्यापिटल मर्चेन्ट बैँक एण्ड फाइनान्स लिमिटेडका ऋणी प्राणनाथ कोइरालाको नाम दर्ताको क्यापिटल मर्चेन्ट बैँक एण्ड फाइनान्स लिमिटेडको धितो बन्दकीमा रहेको भक्तपुरको नगरकोट–९ को कित्ता नम्बर ७४ को ६–२–२–० क्षेत्रफल जग्गा तथा क्यापिटल मर्चेन्ट बैँक एण्ड फाइनान्स लिमिटेडका समस्याग्रस्त ऋणी केदार बहादुर केसीको नाम दर्ताको क्यापिटल मर्चेन्ट बैँक एण्ड फाइनान्स लिमिटेडको धितो बन्दकीमा रहेको जिल्ला भक्तपुरको नगरकोट–९ को कित्ता नम्बर ७४ को ६–२–२–० क्षेत्रफल जग्गा स्वार्थ बाझिने गरी उक्त व्याक्तिबाट राजिनामा गराई जग्गा खरिद गराई लिएका छन् ।
फाइनान्सले यही चैत्र २५ गते १३ वर्षपछि अाजकै दिनमा साधारणसभा गर्दैछ ।
सञ्चालक समितिका सदस्य हुँदा नै झण्डै २५ रोपनी जग्गा अवैध रुपमा हडपिसकेका रानाभाटले आगामी साधारणसभाबाट पुन:अध्यक्ष बन्ने डौडमा रहेका छन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका रानाभाट हालका सञ्चालक समितिको अध्यक्ष बन्ने दौडमा लागेपछि अन्य शेयरहोल्डरहरु सशंकित बनेका छन् ।
उनी क्यापिटल मर्चेन्ट बैँक एण्ड फाइनान्स लिमिटेडको सञ्चालक सदस्य तथा अध्यक्ष बन्न अयोग्य रहेको एक शेयरहोल्डरले बताए ।
हालका अध्यक्ष पुन: अध्यक्ष पदनै निर्वािचत हुनका लागी लागीपरेका छन् ।
केही शेयरधनीहरूले क्यापिटल मर्चेन्ट बैक एण्ड फाइनान्स लिमिटेड, नेपाल राष्ट् बैक, गभरनरकाे कार्यलय, तथा डेप्युटी गभर्नरहरूकाे कार्यलय, सुपरिबेक्षण बिभाग लगायतमा नियमक निकाएमा उजुरी गर्दा पनि केही सुनवाइ नभएकाले शेयर धनिहरू अदालती कारबाहीमा अगाडी बढने तयारीमा रहेका छन् ।
क्यापिटल मर्चेन्टको धिताेमा झण्डै ४ सय रोपनी जग्गा रहेको छ ।


प्रतिकृया दिनुहोस्