भालभेर्डेको निर्णायक गोलमा रियल म्याड्रिड विजयी

भालभेर्डेको निर्णायक गोलमा रियल म्याड्रिड विजयी

काठमाडौं । रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा फेडेरिको भालभेर्डेले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि रियल म्याड्रिडको ३२ खेलमा ६९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल म्याड्रिड ४ अंकले पछाडी रहेको छ । त्यसैगरी एथलेटिक क्लबको भने ३२ खेलमा ५७ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

लोकप्रिय