काठमाडौँमा तत्काल विद्यालय नखुल्ने, सिडिओले जारी गरे आदेश

काठमाडौँमा तत्काल विद्यालय नखुल्ने, सिडिओले जारी गरे आदेश

काठमाडौँ भदाै ३१- काठमाडौँ उपत्यकाका विद्यालयमा तत्काल भौतिकरुपमा उपस्थित गराएर पठनपाठन गर्न नपाइने निर्देश जारी गरेको छ। काठमाडौँ जिल्ला प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म उक्त निर्णय कायम रहने जनाएको हाे। यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।

साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।

प्रशासनका अनुसार भौतिकरुपमा उपस्थित गराएर पठन पाठन गर्नैपर्ने भएमा स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापनसँग छलफल गरेर मात्र निर्णय गर्नुपर्ने छ।

प्रशासनले सभा जुलुस, जात्रा, भोजजस्ता भिडभाड हुने गतिविधीमा पनि रोक लगाइएको जनाएको छ। यस्तै चाडपर्वहरु न्युनतमरुपमा उपस्थित भएर सांकेतिकरुपमा मनाउन पनि आग्रह गरेको छ।

लोकप्रिय