मध्यपुरमा काँग्रेस जुरमुरायो

मध्यपुरमा काँग्रेस जुरमुरायो

भक्तपुर-नेपाली काँग्रेसका शीर्ष नेताहरु चौधौं महाधिबेशनको बैतर्णीबाट कसरी पार्टीको बेडा पार गराउने भनी गठबन्धनमा लागी रहदा जिल्ला जिल्लाका काँग्रेसी नेताहरु अधिबेशनको माहौल बनाउन कम्मर कसेर लागेका छन् । काँग्रेसका शीर्ष नेताहरु चौधौं महाधिबेशनको बैतर्णी तर्न किमकर्तब्यबिमुढ भएको अबस्थामा जिल्ला जिल्लाका काँग्रेसी नेताहरु अधिबेशनको माहौल बनाउन कम्मर कसेर लाग्नुले समग्र पार्टीमा एक भिन्न उर्जाको माहोल सञ्चार भएको छ ।

पटक पटक महाधिबेशनको कार्यतालिका फेरबदल भइरहेको छ । १३ जिल्लाको क्रियाशिल सदस्य बिवादले अझै समाधान पाएको छैन ।

जस्ले गर्दा आउँदो ९ गते नगरपालीका र गाउँपालिकाको निर्वाचन हुने र त्यस भन्दा माथिका प्रदेश र क्षेत्र एवं जिल्लाका निर्वाचनहरु भने अर्को कार्यतालिका बनाएर निर्वाचन प्रक्रियामा जाने अबस्थामा पुगेको छ ।

अहिले नेताहरु निर्वाचन तथा अधिबेशन भन्दा फरक धार तिर हिंडेको देखिन्छ अर्थात उनिहरुले अहिलेनै महाधिबेशन गर्न नचाएको होकी भन्ने भान हुन पुगेको छ ।

महाधिबेशनलाई बाध्यात्मक रुपमा स्वीकार गरे पनि शीर्ष नेताहरु बहाना बाजी गरेर चोरबाटोबाट उम्कने दाउ खोजीरहेका छन् । तर पनि भक्तपुरका काँग्रेसजनहरू जिल्लामा आफ्नो बर्चस्व जमाउन टुप्पिबाट धुँवा निकालेर चुनाबि मैदानमा उत्रिएका छन् ।

यसै बिच ९ वडा मध्ये बहुमत वडा मा उपमेयर जितेर पनि मेयर गुमाएको काँग्रेसले, मध्यपुर नगरपालिका काँग्रेश सभापतिमा एउटा समुहले ताम झामका साथ नगरसभापतिको उम्मेदवार हरिदाश प्रजापतिलाई घोषणा गरेकोछ ।

अघिल्लो अधिबेशनमा जिल्ला सभापतिका निकटतम प्रतिद्वन्दी अष्ट कवी र निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधरको साथ र सहयोगले प्रजापति उम्मेदवार घोषित भएका हुन ।

मध्यपुर नगरमा काँग्रेसका ३२४ प्रतिनिधि छन तर उक्त घोषणा सभामा दुईसय दश प्रतिनिधिको उपस्थितिमा जानकारी गराईएको थियो ।

नगर सभापतिबाहेक अन्य पदाधिकारीको घोषणा नगरिए पनि आज साँझ सम्ममा सबैको नाम तय गरिने बताईएको छ ।

घोषणा सभामा अष्ट कविले हरिदाश प्रजापतिलाई उम्मेदवार गरियोस भनि प्रस्ताव गरेका थिए भने गणेशमना चक्रधरले समर्थन गरेका थिए ।

मध्यपुरनगरपालिकाका निर्वाचित वडा अध्यक्ष तथा काँग्रेश नेता ईन्द्रमान प्रजापतिले उद्घोषण गरेको कार्यक्रममा बुद्वी कुमार श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए ।

कार्यक्रममा जिल्लाका काँग्रेस नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका नेताहरु माथबर सिंह बस्नेत,बिनोद कायष्ठ, कबिर राणा, बिदुर मान सिंह बस्नेत, कृष्ण बहादुर होना,किरण थापा श्रेष्ठ,जय राम श्रेष्ठ,रामभक्त थापामगर, उपमेएर अन्जना मधिकर्मी, राजन काजी त्वाँटी, दिल कृष्ण प्रजापति, रामकाजी चक्रधर लगायत क्षेत्रिय सभापतिका उम्मेदवारका आकाँक्षी तथा नेपाली काँग्रेसका नेता भेष बहादुर कार्की र सन्तोष भट्टराई लगायतको उक्त घोषणासभामा उपस्थिति रहेको थियो ।

प्राप्त जानकारी अनुसार प्रकाशमान सिंह समर्थित र रामचन्द्र पौडेल निकटस्थ समुहले प्रजापतिलाई उम्मेदवार बनाए पछि शेर बहादुर देउवा निकट मानिएका भक्तपुर काँग्रेश सभापति दुर्लभ थापा समुहले वर्तमान नगर सभापति सुरेन्द्र श्रेष्ठलाई पुन उम्मेदवार बनाउने निर्णय गरेको छ । भोली ९ गते मनोनयन दाखिलाका समयमा अन्य पदाधिकारी र सदस्यहरुको नामावली घोषणा हुने बताईएको छ ।

त्स्तै चाँगुनगरपालिकामा श्रीहरी कार्कीलाई चक्रधर र कवेको टिमले सभापतिको प्रत्याशि बनाउने र दुर्लभ थापा र प्रदेश साँसद कृष्णलाल भँडेलले भने शिब हरि केसीलाई नै फेरि पनि उम्मेदवार बनाउने भएको छ ।

उता भक्तपुर नगरपालिकामा भने बिनोद कायष्ठ, बाबु राजा जोशी र बृजेश अवालको संयुक्त उम्मेदवारको रूपमा नगर सभापतिमा राजेन्द्र तमखु एवं प्रदेशमा शिव अवाललाइ अघि सारेका छन् । त्यस्तै दुर्लभ थापा समुहले नगर सभापतिमा वर्तमान सभापति राम काशुला र प्रदेशमा पवन भुजुलाई सभापतिमा उम्मेदवार बनाएका छन् ।

भक्तपुर जिल्लामा रहेका चार उम्मेदवारहरु मध्य सूर्य बिनायक नगरपालिकाका उम्मेदवारले जोड तोडले मतदातालाई भेटेर मत माग्ने र आफुतर्फ आकर्षित गर्न कुनै कसर बाँकि राखेका छैनन् ।

जव कि अन्य तिन नगरपालिकाका उम्मेदवारले अझै पुर्णटिम समेत घोषणा गर्न नसकी सल्लाह मै समय खर्चिरहेका छन् ।

सुर्यबिनायकमा कबिर राणा र भेष बहादुर कार्कीले रबि राणाले नगर सभापति दिनेश न्यौपाने र महेश्वर खत्रिलाई उपसभापतिका उम्मेदवार बनाएका छन् भने लक्ष्मण थापा र उपेन्द्र नन्दन तिमल्सेनालाई सचिब तथा रुपक न्यौपाने र राम गौतमलाई सहसचिवका प्रत्याशि बनाएका छन्।

त्यस्तै दुर्लभ थापा समुहले भने बर्तमान जिल्ला सचिव निशान ढुँगेललाई सभापतिको प्रत्याशि बनाएका छन् । ढुँगेलको उपसभापतिद्वयमा रमण कायष्ठ र रमेश अधिकारी ले उम्मेदवारी दिएकाछन् भने सचिवमा सुमन न्यौपाने र बिश्वराम थापा तथा सहसचिवमा अमिर ढुँगाना र सुरेश केसी रहेका छन ।

दुवै समुहले राष्ट्रिय निर्वाचनमा गरिने प्रचारात्मक प्रयोगहरु जस्तै अनलाइन, सामाजिकसञ्जाल मात्र नभएर सामुहिक भेटघाट र मतदाता प्रतिनिधिको घर दैलो समेत गरेका छन ।

काँग्रेसका लडाकु मानिने रबि राणा र बौदिक मानिने जिल्ला सचिव निशान ढुँगेल स्वस्थ र सभ्य रुपमा भब्यताकासाथ प्रचार प्रसारमा लागेका छन् । दुवै समुह जितिनेमा बिश्वस्त छन साथै मतदाताको आँकडा आफ्नो पक्षमा देखाउन र ल्याउन सकिने सबै खाले क्रियाकलाप गरिरहेका छन् । सुर्यबिनायकका दुबै पक्षको प्रचार शैली उत्कृष्ट रहेको काँग्रेसजनले बताएका छन्।

उता दुवै पक्षले प्रदेशका उम्मेदवार चाँगु र मध्यपुरमा तयार नपारे पनि क्षत्र नं १ मा दुर्लभ थापाले जिवन खत्रीलाइ र गणेश अष्ट समुहले सुरेश श्रेष्ठ तथा उद्वव खड्कालाई अगाडी सारेका छन् साथै क्षेत्र नं २ मा भने भेष बहादुर कार्की र नारायण खयमली बिच कडा प्रतिस्पर्धाहुने देखिएको छ ।

लोकप्रिय